डिएन.मोबाइल कलेक्सन बाट मोबाईल किन्दा स्कुटी उपाहार प¥यो

कञ्चनपुर : सामसङ मोबाइल किन्दा टिभीएस–१२५सिसि उपाहार परेको छ । कञ्चनपुर कृष्णपुर–१ पहरीयाका चुणामणी भण्डारीले कार्तिक १ गते भीनपा –१८, गल्ली नं.–५, क्याम्पस रोड स्थिीत डिएन मोबाइल कलेक्सन बाट सामसङ ए २४ किनेका थिए ।

‘सामसङ मोबाइल च्यापै स्कुटी झ्याप्पै’ भन्ने नाराका साथ सामसङको २५ दिन २५ वटा टिभीएस एनटीओआरक्यू १२५सीसी स्कुटर लक्की ड्र विनर अन्र्तगत उनलाई लक्की ड्रमा स्कुटी उपाहार परेको हो । ईमेज च्यानलबाट लक्की ड्र लाईभ कार्यक्रम अन्र्तगत भण्डारीलाई उपहार परेपछि सामसङको मुख्य वितरक राष्ट्रिय डिष्ट्रव्युटर बाट उनलाई फोन उपहार परेको भनेर फोन आए पछि उनलाई कसैले मजाक गरे जस्तो लागेका थियो त्यैपनि एक पटक आफुले मोबाइल किन्नेको डिएन मोबाइलमा आएर त्यहाँ बाट वास्तवमै उपाहार आफुलाई परको पक्का भए पछि उनी घर गएको भण्डारीले बताए । उनले भने ‘सानै बाट आफुले डिएन मोबाइल कलेक्शन बाट मोबाइल खरिदै गर्दै आएको र यसपालि पनि विजया दशमीको अवसर पारेर कृष्णपुर देखि आएर आफुले मोबाइल किन्दा उपहार परेको बताए ।

कार्तिक १ गते लक्की ड्र बाट टिभीएस एनटीओआरक्यू १२५सीसी स्कुटर उपाहार जिते पनि दशै र दिपावली विदाका कारण आज वितरण गरेको नेशनल डिष्टव्युटर पुष्पराज जोशीले बताए ।

कञ्चनपुरमा लामो समय देखि मोबाइलको व्यापार गर्दै आइ रहेका डिएन मोबाइलका सञ्चालक दिपक राठोरले भने ’आफ्नो पसल बाट मोबाइल बेच्दा ग्राहकलाई उपहार पर्दा आफु निक्कै खुशी भएको र सुदूरपश्चिम भरीमा एक मात्र उपहार विजेता भण्डारी भएको बताए ।

आज एक समारोह विच उपहार विजेता भण्डारीलाई स्कुटीको चाबी हस्तान्तरण गरिएको छ । उक्त हस्तान्तरण कार्यक्रममा डिएन मोबाइलका सञ्चालक दिपक राठोर, सामसाङका नेशनल डिष्टव्युटर पुष्पराज जोशी, सूदुरपश्चिम बजार प्रतिनिधि विनोद न्यौपानेको सहभागिता रहेको थियो ।

 

ताजा समाचार