भुकम्पपीडितका लागि राहत संकलन गर्दै नेकपा विप्लव कञ्चनपुर

कञ्चनपुर:  भुकम्पपीडितका लागि कञ्चनपुरमा नेकपा विप्लवले राहत संकलन गर्न लागेको छ । नेकपा विप्लव कञ्चनपुरले जिल्लाको महेन्द्रनगर बजार सहितका आसपासमा क्षेत्रमा राहत संकलन गर्न लागेको हो । नेकपा विप्लव कञ्चनपुरका सचिव प्रकास जप्रेलले जाजरकोट र रुकुमका भुकम्पपीडितका लागि राहत संकलन गरिन लागेको बताए ।

उनका अनुसार भौतिक समाग्री सहितका राहत समाग्री संकलन गरेर भुकम्प प्रभावित क्षेत्रमा पठाईनेछ । महेन्द्रनगरका सुमिना फैन्सी स्टोरका संचालक महिमान विष्टले लेडिज जकेट, सुट, स्वीटर, टिर्सट सहितमा लत्ता कपडा हस्तान्तरण गर्दै भुकम्पपीडितका लागि नेकपा विप्लवले अघि सारेको समाजिक काम सरानिय भएको बताए ।

महेन्द्रनगरका दर्जनौँ व्यवसायीले विभिन्न प्रकृतिका घरसायी समान हस्तान्तरण गरेका छन । नेकपा विप्लव आफैले उत्पादन गरेको २५ क्विन्टल चामल सहितका राहत समाग्री, स्वास्थ्यकर्मीपठाएको छ ।

ताजा समाचार