कञ्चन सहकारीकोे दोस्रो वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर : कञ्चनपुरमा रहेको कञ्चन को अपरेटिभ सर्भिस लिमिटेडले आफनो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवार होटल ओपेरामा एक भव्य कार्यक्रमको आयोजना गर्दै आफनो सहकारीको दोस्रो साधारण सभा सम्पन्न गरेको हो । संस्थाका प्रमुख प्रशासकिय अधिकृत शंकर बहादुर कार्कीले आर्थिक वर्ष २०७९।८० मा संस्थाको तर्फबाट भए गरेका प्रशासनिक गतिविधीको समग्र प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने, कञ्चन को अपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष विष्णु सिंह विष्टले आर्थिक वर्ष २०७९।८० को समग्र वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । देशभरी एवम विश्वमा नै आर्थिक तरलता रहेको यस विषम परिस्थितीमा आज यस संस्थाको साधारणको आयोजना गरेर सबैलाई स्वागत गर्न पाउँदा आफु खुसी भएको अध्यक्ष विष्टले बताए ।

यस्तो विषम परिस्थितीमा पनि शेयर सदस्यहरुले विचलित नभएर संचालक लगायत कार्यालय परिवारलाई निरन्तर हौसला प्रदान गर्नुका साथै यस संस्था प्रती अगाध विश्वास र निरन्तरआत्मीय सहयोग गरी संस्थालाई सुदुढ र सम्पूर्ण पक्षबाट मजबुत बनाउनु भएकोमा हार्दिक आभार व्यक्त गरे । साथै उनले आगामी दिनहरुमा शेयरकर्ता लगायत अन्य व्यक्तित्वहरुको विश्वासलाई निरन्तर राख्न संस्था सदैव प्रतिवद्य रहेको बताए । समयम समयमा देशव्यापी रुपमा समस्या ग्रस्त हुन गएका बिभिन्न सहकारी संस्थाहरुका कारण सहकारी सदस्यहरुमा सहकारी संस्था प्रती बढदो अविश्वासका कारण निक्षेप संकलनमा आएको संकुचनले निक्षेप व्याज दरको लागतमा वृद्धी हुन व्यापक रुपमा लगानी गर्न नसकिएका कारण अपेक्षित रुपमा संस्थाको आय वृद्धिमा असर परेकाले गत आर्थिक वर्षमा संस्थालाई निकै चुनौती रहेको अध्यक्ष विष्टले बताए ।

आर्थिक वर्ष २०७९।८० मा यस संस्थाको कुल निक्षेप साधारण आवधिक बचत र मुद्यती बचत आर्थिक वर्ष २०७८।७९ मा ५ करोड ३६ लाख १ सय १५ रुपैँया रहेको छ भने आर्थिक वर्ष २०७९।८० मा ६ करोड ५३ लाख २५ हजार ६ सय ९ रुपैँया रहेको र २४ प्रतिशतले वृद्धी भएको पाईएको छ । यस्तै सहकारीको चुक्ता पूँजी शेयरमा आर्थिक वर्ष २०७८।७९ मा ४ करोड ९९ लाख १८ हजार ७ सय ३० रहेका छ भने, आर्थिक वर्ष २०७९।८० मा ५ करोड ६९ लाख ५ हजार २ सय रहेको छ । अध्यक्ष विष्टले आगामी योजना प्रस्तुत गर्दै आम जनसमुदायमा परिचित गराई कृषि क्षेत्रका बिभिन्न क्रियाकलापहरुमा विस्तार गरी आर्थिक उपार्जन संगै समृद्ध बनाएर कृषिजन्य विँउविजन खाद्यन्न खरिद, भण्डारण र विक्री वितरण गरी संस्थाको आयवृद्धी गर्ने बताए । साथै, सेवा केन्द्रहरु विस्तार गरिने, संचालक, शेयर सदस्य तथा कर्मचारीहरुको व्यासायीक क्षमता विकास गरिने, अनिवार्य मासिक बचतलाई निरन्तरता दिँदै मासिक बचतमा थप आबद्य गराईने निक्षेप योेजना सामाजिक सचेतना कार्यक्रममा सहभागी लगायतका योजना रहेका छन् । अहीले उक्त सहकारीमा ३ हजार ८ सय ५० शेयर सदस्यहरु रहेको छन् ।

ताजा समाचार