महाकाली ‘विच’ भलिबल प्रतियोगिता

खुला तर्फ त्रिभुवन आर्मी क्लब र भेट्रान तर्फ बेलौरी पालिकालाई


कञ्चनपुर : कञ्चनपुर स्थित महाकाली नदीको तटमा भएको ‘विच’ भलिबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबलाई पाईएको छ । नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा र कञ्चनपुर भलिबल संघको संयुक्त आयोजनामा भएको खुला तथा भेट्रान भलिबल प्रतियोगिताको शुक्रबार समापन खेलमा त्रिभुवन आर्मी क्बलले लिटिलबुद्ध एकेडेमीको टिमलाई २–०सेटले पराजित गर्दै उपाधी चुमेको हो ।

यस्तै भेट्रान तर्फ बेलौरी नगरपालिकालाई पाईएको छ । बेलौरी नगरपालिकाको टीमले सशस्त्र प्रहरीलाई ३–२को सेटले पराजित गर्दै बेलौरी नगरपालिकाले उपाधी चुमेको छ । कञ्चनपुर जिल्ला भलिबल संघका सचिव उत्तम विष्टले खुला तथा भेट्रान तर्फ एकै दिन समापन खेल खेलाईएको बताए । सचिव विष्टका अनुसार खुला तर्फ २३ र भेट्रान तर्फ १२ टिम सहभागि भएका थिए । विजेता र उपविजेता चारै टिमलाई नेपाली सेनाका उपरथी उत्तम थापाले पुरस्कार प्रदान गरेका थिए ।

खुला तर्फ प्रथम,द्वितिय र तृतियलाई क्रमस १ लाख, ५० हजार २५ हजार र भेट्रान तर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमस २५, १५ र १० हजार रुपैया पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्यामसिह मौनीले भलिबलको बृद्धि विकासका साथै पर्यापर्यटन प्रर्बद्धनका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । उक्त प्रतियोगिता महाकाली नदीमा पहिलो पटक भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img