कञ्चनपुर : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुक्रबार पाटी कार्यालयमा राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका अध्यक्ष दिनेश विष्टले विजयादशमी, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेकोे बताए ।
उनका अनुसार कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सुप प्रदेशमा कोषाध्यक्ष खगेन्द्र नाथ सहितका निर्वाचित संघका पदाधिकारीलाई सम्मान गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका अध्यक्ष दिनेश विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाटी पोलिट्ब्यूरो सदस्य तथा सुप प्रदेश सभा सदस्य राजेन्द्र सिह रावलको प्रमुख आथित्यमा भएको छ ।






