आज धनगढीमा हुने समाजवादी मोर्चाको सभा स्थगित


कञ्चनपुर: चार दलिय समाजवादी मोर्चा नेपालको आज कैलालीको धनगढीमा सन्देश सभा स्थगित भएको छ । संविधान सभा अध्यक्ष शुभाषचन्द्र नेमाङको निधन भएपछि सभा स्थगित भएको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पाटी(नेकपा विप्लव), जनता समाजवादी पार्टी सम्मिलित रहेको चार दलिय समाजवादी मोर्चाले सन्देश सभा आयोजना गरेको थियो । नेकपा माओवादी सुप प्रदेशका सदस्य बिरेन्द्र बिसीले संविधान सभा सदस्य नेमाङको निधनले सभा स्थगित गरेर अर्को मितिमा हुने बताए । मोर्चाले अन्य ६ प्रदेशमा सभा सम्पन्न गरिसकेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img