कञ्चनपुर : नेपालको सबै भन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड वि.स. १९९४ मा स्थापना भएको थियो । आफ्नो स्थापनाकाल देखि नै समाजिक दायित्व बहन गर्दै आई रहेको नेपाल बैंक लिमिटेडले महाकाली परमधाम शान्ति घाटलाई आर्थिक सहयोग गरेको छ ।
भीमदत्त नगरपालिका ११ भुजेला क्षेत्रमा निर्माणाधिन रहेको शान्ति घाटमा पार्किङ्ग तथा खानेपानीका लागि बैकले ५० हजार सहयोग गरेको छ । सोमबार एक कार्यक्तमका विच बैंकले महाकाली परमधाम शान्ति घाटको समितिलाई चेक हस्तान्तरण गरेको छ । चेक हस्तान्तरण गर्दै नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशीले बैंकका तर्फबाट सहयोग गरिएको बताए ।
शाखा प्रबन्धक जोशीले मानिसको अन्तिम संस्कार हुने स्थानलाई व्यवस्थित पार्नका लागि सानो सहयोग शुरुवात गरेको बताए । महाकाली परमधाम शान्ति घाट समितिका अध्यक्ष डा।कृष्णदत्त जोशी(बोक्सर)ले बैंकको सहयोगबाट घाट निर्माणका लागि ठुलो सहयोग पुगेको बताए । चेक रकम हस्तान्तरण कार्यक्रमको सचालक बैंकका कर्मचारी हिम्मत ऐरले गरेका थिए । कार्यक्रममा समिति पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो ।