बेदकोट ८मा देखिएका जग्गा सम्बन्धी समाधानका लागि भूमि आयोगलाई ज्ञापन


कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरवालिका ८मा देखिएको जग्गा सम्बन्धी समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगलाई माग गरिएको छ । बुधबार बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेश राज जोशी नेतृत्वमा राष्ट्रिय भूमि आयोगलाई ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्रिय भूमि आयोगद्वारा वडामा सुकुमबासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीका लागि संचालित कामकाजमा समस्या आएको भन्दै समस्या समाधानका लागि आयोगसंग माग गरिएको छ । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले जग्गा सम्बन्धी समस्या देखिएपछि राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानालाई ज्ञापन पत्र बुझाएको बताए । ज्ञापन पत्र बुझ्दै राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले समस्या अध्ययन गरेर अघि बढ्ने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img