प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि अवरुद्ध दैजी जोगबुढा सडक खुलाईदै


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा अबिरल रुपमा परिरहेको बर्षाले (कञ्चनपुर–डडेल्धुरा) जोड्ने दैजी जोगबुढा सडक अवरुद्ध भएको छ । बर्षातले ठाँउ ठाँउमा पहिरो, कटानी, रुख ढलेर सडक अवरुद्ध भएको हो । पहिरो, कटानीले अवरुद्ध भएपछि दुई सातादेखि उक्त सडक संचालनमा आउन सकेको छैन । दैजी जोगबुढा सडकको अवरुद्ध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टलाई निर्देशन दिएपछि अबरुद्ध सडक खुलाउने काम शुरु अघि बढेको छ । पूर्वाधार विकास मन्त्रालयका सचिव भट्टलाई प्रधानमन्त्रीले निर्देशन दिएपछि सडक खुलाउने काम भएको हो ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि दैजी जोगबुढा सडकको अवरुद्ध हटाउने काम शुरु भएको बताए । ‘दैजी जोगबुढा सडकखण्ड दुई जिल्लामा पर्ने सडक हो, बर्षातले सडक अवरुद्ध हुँदा आवत जावतमा समस्या भएको विषयमा सिधै प्रधानमन्त्री ज्यूले प्रदेश पूर्वाधारका सचिव ज्यूलाई निर्देशन दिएसंगै सचिव ज्यूले कञ्चनपुर, डडेल्धुरा पूर्वाधार विकास कार्यालयमा निर्देशन दिएपछि सडक शुचारु भईरहेको छ ।’ प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग समेत शिघ्र खुलाउन, विपद्मा उद्दारका लागि तयारी गर्न प्रधानमन्त्री प्रचण्डले मातहतका निकायलाई निर्देशन दिएका थिए । सडक दुई जिल्ला खण्डमा पूर्वाधार विकास कार्यालयले स्काभेटर मार्फत अवरुद्ध सडक खुलाउने काम भईरहेको छ ।

कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्म झण्डै ४०किलोमिटर सडक ठाँउ ठाँउमा अवरुद्ध हुँदा उक्त क्षेत्रका स्थानीय यातायात सेवाबाट बञ्चित भएका छन । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी एव ईन्जिनियर हेमराज भट्टले दैजी जोगबुढा खण्ड अन्र्तरगत कञ्चनपुर खण्डमा अवरुद्ध सडक सफाई गर्ने काम शुरु भएको बताए । ‘कञ्चनपुर खण्डको कुल २२ किलोमिटर मध्ये १३ किलोमिटर सडक सफाई गरेका छौँ, ‘उनले भने, ‘ताल क्षेत्रमा देखिएको १ किलोमिटर अवरुद्ध कार्य आजै सफाई गर्न सक्छौँ ।’ सुचना अधिकारी भट्टले कार्यालय प्रमुख धिरेन्द्र भट्ट सहित प्राविधिक टोली फिल्डमै खटिएको बताए । ‘पूर्वाधार विकास कार्यालय कञ्चनपुर र डडेल्धुराले आ–आफ्नो खण्डमा स्काभेटर सहितका साधन लिएर सडक खुलाउने काममा जुटेका छौँ, ‘उनले भने, ‘हाम्रो जिल्लामा अबरुद्ध भएको सडक एकदुईदिनमै नियमित शुचारु गर्न सक्छौँ ।’ भीमदत्त राजमार्गको वैकल्पिक दैजी जोगबुढा सडकले शुचारुसंगै डडेल्धुुुरा, कञ्चनपुरका केही स्थानका स्थानीयलाई राहत पुग्नेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img