भाटको निर्देशनमा रहेको तीज गीत ‘मादल’ सार्वजनिक

कञ्चनपुर – विरेन्द्र भाट विपिनको निर्देशनमा रहेको तीज गीत ‘मादल’ सार्वजनिक भएको छ । उक्त गीत वल्ड कभर मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

विवेक अर्यालको लय शब्द तथा राधिका हमाल र विवेक अर्यालको स्वरमा रहेको मादल गीतमा सुरेश शाहीले संगीत संंयोजन गरेका छन् भने गीतमा नवराज पाण्डे र सरीता दान्कुटीको अभिनय रहेको छ।

गीतलाई निर्देशक भाटले नै सम्पादन गरेका छन भने लाकेश भाटले पनि सम्पादनमा सहयोग गरेका छन् । म्यूजिक बैंक नेपालको स्टुडियोमा रिकर्ड गरिएको उक्त गीतलाई कृष्ण पुनले मिक्सिङ गरेका हुन् ।

ताजा समाचार