राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षका लागि चन्द आँकाक्षी


कञ्चनपुर: शुक्रबारदेखि महेन्द्रनगरमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको जिल्ला अधिवेशन हुन लागेको छ । महेन्द्रनगरमा राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको १०औँ जिल्ला अधिवेशन हुन लागेको हो । जिल्ला अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन हुनेछ । जिल्ला अध्यक्षका लागि राष्ट्रिय युवा संघका नेता नविन चन्द आँकाक्षी देखिएका छन । लामो समयदेखि युवा संगठनमा काम गर्दै आएका चन्दा युवामाँझ लोकप्रिय छन । युवा उद्यमी समेत रहेका चन्दलाई युवा र पार्टीको दरियो साथ रहेको छ । एक एमाले नेताका अनुसार चन्दलाई सर्वसम्मत गराउन पहल भईरहेको छ ।

चन्दले युवापिँढी माँझ आफुले नेतृत्व पाए संगठनलाई गुटरहित चुस्तदुरुस्त रुपमा अघि बढाउँदै पार्टीलाई बलियो बनाउने योजना रहेको सुनाउँदै आएका छन । राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको सचिवालय सदस्य तथा सम्मेलन कार्यालय सदस्य समेत रहेका चन्दले युवाहरुलाई उत्पादनका काममा लगाई सक्षम बनाउँदै युवाका हितमा काम गर्ने योजना बनाएका छन । चन्दले जिल्लाभरीबाट युवाहरुको आफुलाई साथसर्मथन भएकाले अध्यक्षमा अग्रसरता देखाएको बताए ।

एमाले पोलिट्ब्यूरो सदस्य समेत रहेका युवा संगठनका इन्चार्ज महेश बस्नेतको प्रमुख आथित्यमा, संगठनका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको बिशिष्ठ आथित्य सहित कञ्चनपुरमा रहेका केन्द्रीय, प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरुको उपस्थितिमा भेला हुने छ । जिल्लाभरीबाट १५६ जना प्रतिनिधी छनौट भईसकेका छन । सहमती आधारमै नेतृत्व टुङग्याईने सगठनका अगुवा नेता एव दावि गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img