समाजमा व्यवस्था परिवर्तन भए, समाज र जनताको अवस्था परिवर्तन भएन : रास्वपा महामन्त्री क्वालिटी


कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टी सुदुरपश्चिम प्रदेशका महामन्त्री भोज राज जोशी (क्वालिटी) ले समाजमा व्यवस्था परिवर्तन भए पनि समाज र जनताको अवस्था भने परिवर्तन हुन् नसकेको बताएका छन्। बुधबार सुदुर दर्पण संग गरिएको अन्तरवार्तामा रास्वपा सुदुरपश्चिम प्रदेशका महामन्त्री क्वालिटीले समाजमा व्यवस्था परिवर्तन भए पनि समाज र जनताको अवस्था भने परिवर्तन हुन् नसकेको बताएका हुन्।
उहाँले भन्नुभयो ‘व्यवस्थाहरू धेरै परिवर्तन भए तर जनताको अवस्था जस्ताको त्यस्तै छ, घर घरमा सिंहदरबार त आयो तर नेताका आसेपासे र भ्रष्ट नेताहरुको लागि आयो, वास्तविक जनताका समस्याहरु जस्ताको त्यस्तै छन समाधान हुन सकेका छैनन्।’ जब सम्म राजनीतिलाई समाजसेवाको भावनाले नहेरेर कमाइ खाने भाडोको रूपमा हेरिन्छ तब सम्म समाज र जनताको अवस्था परिवर्तन हुन नसक्ने उनको भनाइ रहेको छ। क्वालिटी पछिल्लो समयदेखि समाजसेवा तथा पिडितहरुलाइ सहयोग समेत गर्दै आईरहेका छन्। रासपाको उदय भएसँगै राजनीतिमा प्रवेश गरेका उनी अहिले रास्वपा सुदुरपश्चिम प्रदेशका महामन्त्री छन्।
राजनीतिमा आउनु भन्दा पूर्व उनले स्वतन्त्र जिताउँ अभियान समेत सञ्चालन गरेका थिए। समाजसेवा तथा गलतको विरुद्ध आवाज उठाएर जनतामाझ चर्चित भएका क्वालिटीले प्रतिनिधि सभाको निर्वाचनमा २५ बर्ष पूरा हुन २० दिन कम भएको कारण उम्मेदवारी दिन सकेका थिएनन्।

Loading Viewer...

ताजा समाचार

spot_img