विश्व आदिवासी जनजाति दिवस भव्यताका साथ सम्पन्न


 प्रकाश भट्ट/कञ्चनपुर : कञ्चनपुरमा विश्व आदिवासी जनजाति दिवस मनाइएको छ । ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान सिपको प्रर्बद्धन गर्दै पुख्यौली भूमि, भाषा र संस्कृतिको सरक्षण गरौँ’ भन्ने राष्ट्रिय मूल नाराका साथ महेन्द्रनगर स्थित भानु पार्टी प्यालेसको सभाहलमा दिवस भव्य रूपमा मनाइएको हो।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षता रहेको थियो भने एमाले नेता एवम प्रतिनिधी सभा सदस्य तारालामा तामाङ्गको प्रमुख आतिथ्य रहेको थियो। बुधबार सम्पन्न उक्त कार्यक्रममा आदिवासी जनजाति समुदाय तथा सम्बन्धीत समुदायको भव्य उपस्थिति रहेको थियो। कार्यक्रममा राना, चौधरी, मगर, उराउ, नेवार सहितका विभिन्न आदिवासी जनजाति समुदायबाट लोक संस्कृति सहितका झाँगी प्रर्दशन गरिएका नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिएका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img