कञ्चनपुर : नदी र खोलामा फसेका कञ्चनपुरका महिलाको सशस्त्र प्रहरीले बलले उद्दार गरेको छ । नदीको खोलामा पानीको सतह बृद्धि भएपछि जोखिममा परेका चार महिलाको सशस्त्र प्रहरीले उद्दार गरेको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणले शुक्लाफाँटा र कृष्णपुरका महिलाको उद्दार गरेको छ । गयराती स्याली नदीमा फसेका शुक्लाफाँटा नगरपालिका ७ की ४० बर्षिया निर्मला भण्डारी र ३५ बर्षकी गोमती साउद, ओदाल खोलाले कृष्णपुर नगरपालिका १ पहरिया बस्ने ३३ बर्षिया तारा भुल र २४ की सिता भुलको उद्दार गरेको हो । घाँस काट्न गएका भण्डारी, साउद घर फर्किने क्रममा स्याली नदीको बहाव बढेपछि विपद्मा परेका उनीहरुको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरका गणपति प्रेम बहादुर रावल नेतृत्वको टोलीले उद्दार गरेको छ ।

खेतबारीबाट काम गरेर घर फर्किने क्रममा ओदाल खोलामा फसेका तारा, सिताको सशस्त्र प्रहरी नायब निरीक्षक कमल प्रशाद जोशीको टोलीले उद्दार गरेको छ । स्याली नदी र ओदाल खोलाको फसेका चारै जनाले सशस्त्र प्रहरीले उद्दार गरेपछि उनीहरुको ज्यान जोखिमबाट बाँचेको स्थानीयले बताएका छन । समयमै सशस्त्र प्रहरीको सिपालु टोली आएर उद्दार गरेपछि आफुहरुले दोस्रो जिवन पाएको उनीहरुको भनाई छ ।







