कञ्चनपुर : कञ्चनपुरको भीमत्त नगरका प्रमुख पदम बोगटीले नगरको सम्बृद्धिका योजनाका लागि विभिन्न निकायसंग छलफलमा जुटेका छन । भीमदत्त नगरका मेयर बोगटीले नगरको दीगो विकास र सम्बृद्धिका योजनाका लागि आवश्यक सम्बन्धीत मन्त्रालयका मन्त्रीदेखि निकायसंग भेटघाट गरिरहेका छन ।

भीमदत्त नगरका मेयर बोगटीले क्षेत्रकै संसद रमेश लेखक लिएर संघीय सरकारका विभिन्न मन्त्रालयमा डेलिगेशन दिईरहेका छन । मेयर बोगटीका प्रेस सल्लाहकार चक्र महताले नगरमा संचालित एव संचालनका ल्याउने बाँकी योजना अघि बढाउनका लागि मेयर बोगटीले क्षेत्रकै स्रंसद रमेश लेखक लगेर बजेट मागिरहेको बताए । उनका अनुसार अर्थमन्त्री डा.प्रकास शरण महत, उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बस्नेत, वन तथा वातारणमन्त्री बिरेन्द्र प्रशाद महतो लगायतका मन्त्री एव विकासका साझेदार निकायसंग भेटघाट गरेर नगरको विभिन्न योजनमा बजेट विनियोजनदेखिका योजना मागिरहेको बताए ।







