कञ्चनपुर : नेकपा एमाले निकट राष्ट्रिय संघ कञ्चनपुरले सरकारी सवारी साधन दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिएको छ । एमाले निकट राष्ट्रिय संघ कञ्चनपुरले सरकारी सवारी साधन दुरुपयोग गरेको भन्दै भीमदत्त नगरपालिकाका ३ सवारी साधन नियन्त्रणमा लिएको हो । राष्ट्रिय संघ कञ्चनपुरका सयोजक दिनेश विष्टले सरकारी सम्पत्तीलार्ई व्यक्तिको निजी व्यवसायिक कामका प्रयोग गरेको भन्दै तीन टिप्परका चापी नियन्त्रणमा लिएको बताए ।

संयोजक विष्टले डाईमण्ड क्यासिनोले भीमदत्त नगरका सवारी साधन प्रयोग गरेर निजी व्यवसायिक कामका लागि प्रयोग गरेर दुरुपयोग भएको भन्दै नियन्त्रणमा लिएको बताए । ‘भीमदत्त नगरपालिका जनताको घरजाने सडक बनाउन आलटाल गर्छ, ‘उनले भने, ‘यसरी निजी व्यवसायिक कामका लागि होटलका संचालकलाई दिन्छ ।’

सरकारी सवारी साधन व्यवसुायीलाई दिएपछी नियन्त्रणमा लिएको उनले बताए । ‘खोला नाला बन्द भएपछि खोलाबाट ग्राभिल ल्याईरहेका छन, डाईमण्ड होटलले खर्च बेहोरेको छ । ‘उनले भने, ‘यतीसम्म किन ? गैर कानुनी काम भयो ।’ भीमदत्त नगरपालिकाले उक्त सडक सरकारी सडक भएकाले स्तरबृद्धि गर्न खोजिएको जनाएको छ ।







