लक्ष्य अनुरुप आन्तरिक राजस्व कार्यालय कञ्चनपुरको राजस्व संकलन भएन्


कञ्चनपुर: आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन । आर्थिक बर्ष ०७९/०८० मा आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो । गत आर्थिक बर्षमा आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले ७१ प्रतिशत मात्रै राजस्व संकलन गरेको जनाएको छ । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले कुल ३ अर्ब, ४ करोड, २४ लाख, ६१ हजार रुपैया राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये २ करोड, १५ लाख, ९३ लाख, ६३ हजार रुपैया मात्रै राजस्व संकलन गरेको छ ।

८८ करोड, ३० लाख, ९८ हजार कम राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार आयकर तर्फ ७५ करोड, २६ लाख, ६३ हजार रुपैया मध्ये ६१ करोड, ५१ लाख, ३८ हजार, बहालवाला कर तर्फ ३ करोड, २९ लाख, ३४ हजार मध्ये, १ करोड, ६६ लाख, ५६ हजार, ब्याज कर तर्फ २ करोड, ४३ लाख, ६७ हजार, मध्ये २ करोड २८ लाख, ९२ हजार राजस्व संकलन भएको छ । यस्तैगरी मुल्य अभिबृद्धिकर तर्फ ७४ करोड, ३९ लाख, ८९ हजार मध्ये, ६६ करोड, ४ लाख, ५ हजार, अन्तशुल्क तर्फ १ अर्ब, ४८ करोड, ८३ लाख, ५२ हजार मध्ये ८४ करोड, ४१ लाख, ८५ हजार मात्रै राजस्व संकलन भएको छ । शिक्षाकर तर्फ १५ लाख, ६ हजार मध्ये ८७ हजार मात्रै राजस्व संकलन भएको छ । विभिन्न शिर्षकमा कर तिर्ने जिल्लामा गत बर्ष २८ हजार, ३६७ कुल करदाता रहेका छन । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख कर अधिकृत डोलिन्द्र प्रशाद शर्माले विभिन्न कारणबाट लक्ष्य अनुरुप राजस्व संकलन हुन नसकेको बताए । प्रमुख कर अधिकृत शर्माले आन्तशुल्कतर्फ लाग्ने करदाताको कारोबार नभएको, जमिनको कित्ताकार्ड रोकिएको, निर्माण व्यवसायीले भुक्तानी गर्ने मुख्य अभिबृद्धिकरको समय सीमा बृद्धिदेखि अर्थतन्त्रमा गिरावटले गर्दा आन्तरिक राजस्व लक्ष्य अनुरुप संकलन हुन नसकेको बताए ।

‘गत बर्ष अन्तशुल्क तर्फ कारोबार हुने अमृत र जगदम्बा मदिरा उद्योगको कारोबार नै बृद्धि भएन, ‘प्रमुख कर अधिकृत शर्माले भने, ‘मदिराको कारोबार नहुँदा लक्ष्य नै भेटाउन सकिएन् ।’ राजस्व बृद्धिका लागि चालु बर्षदेखि करदाता शिक्षाका कार्यक्रम संचालन गरिने प्रमुख कर अधिकृत शर्माले बताए । उनले गत बर्ष केही बजार अनुगमन गरेर व्यवसायीलाई कर दण्ड गरिएको बताए । गत आर्थिक बर्ष भन्सार कार्यालयले समेत लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन । भने आन्तरिक राजस्व कार्यालय पनि लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो । सरकारको मुल आम्दानी गर्ने भन्सार र आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेपछि अर्थका जानकार चिन्तित भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img