कञ्चनपुर : कम्पनीले कञ्चनपुर जिल्लाको दोधारा चादनी न.पा – १० की स्व. जगु धामी का श्रीमान पदम बहादुर धामी लाई मृत्यु दावी भुक्तानी वापतको ३ लाख ३ हजार रुपैयाँ घरमै गएर हस्तान्तरण गरेको हो । कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी बीमितलाई छिटो छरितो मृत्यु दावी भुक्तानी गर्ने गरेको कम्पनीले सहज र सर्वसुलभ बीमा सेवाका लागि प्रतिबद्ध भएको प्रदेश प्रमुख उप्रेतीले बताए।

बजार अधिकारी बर्खा साउदले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिमा वडा सदस्य महाबिर रोकाय, पिङकि रावत सानिमा रिलायन्स लाइफका क्षेत्र प्रबन्धक रोशन भट्ट शाखा प्रमुख गणेश राज जोशी बरिष्ठ एजेन्सी म्यानेजर अम्बा दत्त जोशी , बरिष्ठ एजेन्सी म्यानेजर बिरेन्द्र सिंह बोहरा ,बरिष्ठ एजेन्सी म्यानेजर प्रभु राज बिष्ट बरिष्ठ एजेन्सी म्यानेजर कुल बहादुर सुनार बरिष्ठ एजेन्सी म्यानेजर साबित्री रावत एजेन्सी म्यानेजर सीता रावत स्थानीय सहभागी भएका थिए।

विभिन्न बहानामा समयमा दाबीभुक्तानी नदिने कम्पनीलाई सानिमा रिलायन्स कम्पनीले समयमा सहज तरिकाले भुक्तानी दिएकोमा उदाहरणीय काम गरेकोमा वडा सदस्य महाबिर रोकायले धन्यवाद व्यक्त गरे। २०७९ माघ १५ मा तिन लाख रुपैयाँ बीमाङ्कको बीमा गराएका धामीले बीमाशुल्क बापत एक किस्ता वापतको २५५३१/- मात्र बुझाएको थियो। अचानक २०८० जेष्ठ ०६ गते मृत्यु भएको थियो ।







