लक्ष्मी माध्यमिक विद्यालय खैरभट्टीलाई सहयोग हस्तान्तरण


प्रकाश भट्ट /कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १५ मा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालय खैरभट्टीलाई सहयोग हस्तान्तरण गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ का स्थानिय अमर सिंह भण्डारी, गणेश सिंह भण्डारी र राम सिंह भण्डारीले उनका स्वर्गिय बुवा हरी सिंह भण्डारी र आमा बेसरा देवी भण्डारीको सम्झनामा विद्यालयका अनाथ, अशक्त, गरीब, दलित तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न भनी विद्यालयलाई एकाउन्न हजार रुपैयाँ सहयोग गरेका हुन्।

उक्त रकम एक कार्यक्रमका विच विद्यालयका प्रधानाध्यापक प्रकाश चन्द तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र सिंह साउदलाई हस्तान्तरण गरिएको छ। उक्त रकमबाट विद्यालयमा नयाँ अक्षयकोष निर्माण गरी त्यसबाट वर्षभरिमा आउने ब्याजको रकमबाट वार्षिकोत्सव समारोहको दिन उक्त विद्यालयमा अध्यनरत अनाथ, अशक्त, गरीब, दलित तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिने उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र सिंह साउदले बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक प्रकाश चन्दले उक्त रकम सदुपयोग गरेर विद्यालयमा अध्यनरत अनाथ, अशक्त, गरीब, दलित तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरिने प्रतिवद्धता गरेका छन्।सोमबार सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र सिंह साउदको अध्यक्षता तथा भीमदत्तका नगर उप-प्रमुख प्रमुख निलम लेखकको प्रमुख आतिथ्य रहेको थियो। उक्त कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका शिक्षक तथा अभिभावकहरुको भव्य उपस्थिति रहेको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img