कञ्चनपुर : कन्चनपुरमा महिला शान्ति र सुरक्षा दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
सोमबार महेन्द्रनगरमा अायोजना गरिएको कार्यक्रममा संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनामा स्थानीय सरकारको भुमिका विषयमा छलफल गरिएको थियो। संयुक्त राष्ट्र संघिय निकायहरु बाट समय समयमा भएका बिभिन्न अध्ययनका सुझाव समेत को दृष्टिगत गरी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यक्रम तथा संरचना निर्माण गरि अन्तिम कार्यक्रममा द्वन्द्वकालमा हिंसाबाट पीडित महिला तथा बालबालिकाको राहत तथा परिपुरणको व्यवस्था गर्न लागिएको हो।

द्वन्द्व बाट पिडित तथा प्रभावित भएका महिला बालिकाहरूको अावश्यकता सम्बोधन गर्दै अर्थपूर्ण सहभागिता एवं अात्म सम्मान पुर्वक जिवन यापन गर्न सकिने वातावरण सुनिश्चित हुने गरी जिल्ला तथा स्थानीय पालिका स्तरमा समिति निर्माण गरि कार्य अगाडि बढाउन तयार रहेको जिल्ला समन्वय समिति प्रमुख र पालिका प्रमुखहरु ले प्रतिबद्धता व्यक्त गरेका छन्। एडभोकेसी, फोरम द्वन्द्व पिडित महिला राष्ट्रिय सन्जाल र नागरिक अावाजको अायोजना तथा जिल्ला समन्वय समिति कञ्चनपुरको सहकार्य र जर्मन सहयोगमा कार्यक्रमको आयोजना गरीएको हो। एडभोकेसी फोरमका वसन्त गौतम, अधिवक्ता अनुपा अर्याल लगायतले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो।







