कञ्चनपुर : नेपाल निजामती कर्मचारी संगठनले स्वाथ्यका कर्मचारीलाई पालिकाले फिर्ता पठाउने निर्णय सच्याउन माग अघि सारेको छ । एमाले निकट नेपाल नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले स्वाथ्यका कर्मचारीलाई पालिकाले फिर्ता पठाउने निर्णय सच्याउन माग अघि सारेको हो । आइतबार निजामती कर्मचारी संगठन कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै पालिका सरकारले स्वास्थ्यका कर्मचारीमाथि घात गरेको भन्दै आपत्ति जनाएको छ । कैलाली कञ्चनपुरका पालिकाले दरबन्दी नभएका स्वास्थ्य तर्फका कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरेका थिए ।

उक्त निर्णय सच्याउन समेत निजामती कर्मचारी संगठनले माग अघि सारेको छ । निजामती कर्मचारी संगठनले स्वास्थ्य तर्फका कर्मचारीलाई दुख दिने नियतले फिर्ता पठाउने काम भईरहेको भन्दै आपत्ति जनाएको छ । स्थानीय सरकार संचालन ऐनमा पालिकालाई स्वास्थ्यका कर्मचारी व्यवस्थापन गर्ने अधिकार भएपनि उक्त अधिकार लत्याउने काम गरेको भन्दै दुखेसो पोखेको छ । कोरोना महामारीमा स्वास्थ्यका कर्मचारीले गरेको योगदान भुल्दै पालिका सरकारले गरिहेको उक्त कार्य निन्दनिय भएको जनाएका छन ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा निर्णय नसच्याएर आन्दोलनको चेतावनी दिएका छन । धनगढी र शुक्लाफाँटा पालिका सरकारले आगामी आर्थिक बर्षदेखि दरबन्दीमा नभएका स्वास्थ्यका कर्मचारीलाई तलब दिन केन्द्रले चेतावनी दिएपछि कर्मचारी फिर्ता पठाउने निर्णय गरेको जनाएका छन ।







