कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ५ बनखेतमा महिला तथा एकल महिलाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण भईरहेको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो । आज दिनभरीमा ३०० देखि ४०० महिला तथा एकल महिलाले शिविरको लाभ उठाउने आयोजक मानव अधिकारको लागि महिला एकल महिला समूह कञ्चनपुरकी अध्यक्ष जानकी जोशीले बताउनु भयो ।
‘अहिलो सम्म विरामी जाँच गरेकोमा धेरै जसो महिलामा पाठेघरको समस्या देखिएको’ स्त्रीरोग तथा प्रशुती विशेषज्ञ प्रहरी नायब उपरीक्षक डा.सविता सिहंले बताउनु भयो नारी दिवसको उपलक्ष्यमा सुदूरपश्चि प्रदेश प्रहरी धनगढी देखि १० जनाको टोली आएर आज एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालनमा सहयोग गरी रहेको डा.सिंहले बताउनु भयो ।
शुक्लाफाँटा–१० बाट स्वास्थ्य परीक्षण गराउन आएकी पार्वती वि.क. भन्नु हुन्छ ‘धनी हुने खाने मान्छे त समय समयमा परीक्षण गराउन ठुला ठुला अस्पताल धाउछन् तर हामी जस्तो गरीब एकल महिलालाई यस प्रकारको स्वास्थ्य परीक्षण शिविर निकै उपलब्धी मुलक हुने बताउनु भयो । त्यसैगरी ७७ वर्षिय श्री महन्त लक्ष्मी गिरी माता जी भन्नु हुन्छ ‘यस प्रकारको शिविर हामी जस्ता असाहय घर वार विहीन भएर बसेको अवस्थामा निकै सहयोगी भएको छ।’
एकल महिलाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण शिविर कार्यक्रममा सहयोग सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीले गरेको छ । सह आयोजक भीनपा–५को वडा कर्यालय रहेको छ भने आयोजक मानव अधिकारको लागि महिला एकल महिला समूह कञ्चनपुर रहेको छ ।
एक दिने निः शुल्क स्वास्थ्य परीक्षण शिविर कार्यक्रमको सभापतित्व मानवअधिकारको लागि महिला एकल महिला समूह कञ्चनपुरकी अध्यक्ष जानकी जोशीको रहेको थियो, प्रमुख अतिथीमा कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गा दत्त बोहरा, तथा विशिष्ट अतिथीमा भीमदत्तनगरपालिकाका नगर प्रमुख पदम बोगटी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापा रहनु भएको थियो भने कार्यक्रम सञ्चालन मानव अधिकारको लागि महिला एकल महिला समूह कञ्चनपुरकी सचिव रमा पन्तले गर्नु भएको थियो ।







