कन्चनपुर : उसु संघको अध्यक्षमा भोज राज भट्ट चयन भएका छन् । कन्चनपुरमा उसु खेल बिस्तार गर्ने उद्देश्यले समिति गठन गरिएको छ। भोज राज भट्ट को अध्यक्षतामा समिति गठन गरिएको हो। समितिमा उपाध्यक्ष द्वय विवेक राज जोशी, आरति चौधरी, सचिव सिद्धराज भट्ट, कोषाध्यक्ष राधिका थापा, सदस्य सुद्धी चौधरी, सिमा बोहरा रहेका छन्। समिति गठन पछि उसु खेल मा खेलाडीको हौसला प्रदान गरि खेल प्रति आकर्षण बढाउने उद्देश्य रहेको सचिव सिद्धराज भट्ट ले बताए।







