कञ्चनपुर : आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको लागि तयारी भईरहेका बेला कञ्चनपुरका संयुक्त विद्यार्थी संगठनले कञ्चनपुरको एक क्याम्पसमा तालाबन्दी गरेका छन ।
शुक्रबार महेन्द्रनगरको कञ्चन विद्या मन्दिर(सामुदायिक कलेज)मा तालाबन्दी गरेका हुन । अखिल क्रान्तिकारी कञ्चनपुरका नेता दल बहादुर धामी(अबिरल)ले क्याम्पस प्रशासनबाट निर्वाचन प्रकृयामा ढिलासुस्ती गरेपछि तालाबन्दी गरिएको बताए । ‘क्याम्पस प्रशासनले निर्वाचन प्रकृयामा ढिलासुस्ती गरिरहेको छ, ‘उनले भने, ‘दवाव दिन संयुक्त विद्यार्थी सं्रगठनले तालाबन्दी गरेका छौँ ।’ क्याम्पस प्रशासनले भने, स्ववियू निर्वाचनका लागि तयारी गरेको जनाएको छ ।







