कञ्चनपुरः बढि मालिका एकता समाजद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालकलाई भोजन तथा फलफुल वितरण गरिएको छ । यही फाल्गुन २१ गते बाट २३ गते सम्म होली खेली जम्मा गरेको पैसा बाट सानो सहयोग गरेको बडि मालिका एकता समाजका अध्यक्ष डम्बर खडकाले बताए । तिन दिन होली खेली रु। ५५ हजार जम्मा गरेका थिए, बाकी रुपैया बडि मालिका एकता समाजको कोषमा जम्मा हुनेछ ।

खाना प्रमुख अतिथी बचन सिहले बालबालिकालाई थालमा मासु, भात, तरकारी राखी दिनु भएको थियो, फलफुल अनाथालयका का।वा।कार्यालय प्रमुख दिवाकर भट्टलाई प्रमुख अतिथी र अध्यक्षले हस्तान्तरण गरेका थिए । आज नारी दिवसको उपलक्ष्यमाअनाथालयमा काम गर्दै आउनु भएकी नन्दा धामीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
संस्थाले राम्रो समाजिक उत्तरदायित्व गरेको छ । यसरी समाजिक क्षेत्रमा कार्य गर्नु राम्रो हो, कुनै पनि नागरिक अनाथ हुदैंन, जसको कोई छैन् उसको सरकार रहेको हुन्छ र राज्यले सबैको दायित्व लिनु पर्नृ प्रमुख अतिथी बचन बहादुर सिहले बताउनु भयो, त्यसैगरी संस्थाले राम्रो काम गर्दै जाने, आर्थिक अनियमितता हुन नदिने यहाको सांस्कृतिक धार्मिक परम्परा झल्काउने कार्य गर्ने अध्यक्ष खडकाले बताए ।

आज भएको फलफुल तथा भोजन खुवाउने कार्यक्रममा बडि मालिका एकता समाजका अध्यक्ष डम्बर खड्काको सभापत्वि रहेको थियो, प्रमुख अतिथी नेकपा एमालेका राष्ट्रिय युवा संघका अध्यक्ष बचन बहादुर सिह रहनु भएको थियो । कार्यक्रममा स्वागतमन्तव्य नृग बहादुर शाहले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बडि मालिका समाजका सचिव जनक बिक्रम सिहले गर्नु भएको थियाे । समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालबालिकालाई भोजन ग्रहण पछि बडि मालिका एकाता समाजले बालबालिकाको मनोरञ्जनको लागि देउडा पनि खेल गरेका थिए।







