कञ्चनपुर : “लैङ्गकि समानताको बलियो आधार , सिर्जनात्मक प्राविधिमा महिला पहुचको बिस्तार “ भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस कञ्चनपुरमा पनि धुमधामका साथ मनाइदै छ । आज देशभर जनता र देशको सेवामा दिनरात नभनी लागेका प्रहरीलाई फुलको गुच्छा दिएर सम्मान गर्ने कार्यक्रम रहेका छ । जसमा कञ्चनपुरमा रहेका आदर्श महिला समाज कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहेका प्रहरी दिदि बहिनी तथा दाजुभाईहरुलाई फलुको गुच्छा दिएर उनीहरुको सम्मान गर्नुको साथै हौसला बडाएको छ । ‘३६५ दिन नै हाम्रो प्रतिपक्ष नेपाल प्रहरी र नेपाल प्रहरीको प्रतिपक्षमा हामी भएको जस्तो देखिन्छ तर त्यसो नभई हामी एकअकार्को परिपुरक हौ’ आर्दश महिला समाज कञ्चनपुरकी अध्यक्ष माया नेगीले बताउनु भयो । अहिले सम्म नेपाल प्रहरी महिला हिसां, घरेलु हिंसा, जेष्ठनागरिक, बालबालिकाका सबैको मुद्दाहरु लिदै आएको छ र कयौ मुद्दामा सफल भएको छ भने कति सफल हुन बाँकि छ अन्तराष्ट्रिय जगतलाई नै घाच्घचाउने गरी भएको त्यो घटनको पनि पता लगोस् अध्यक्ष नेगीले बताउनु हुन्छ ।

नारी दिवस एकदिनमात्र मनाएर हुदैन अन्तराष्ट्रिय स्तरमा हेर्नेहो भने हाम्रो देशका नारीहरुमा पनि परिर्वतन आएको छ । जुन नारीलाई दोस्रो दर्जाको रुपमा राखिएको थियो जुन नारीलाई मतदाननै गर्ने अधिकार थिएन, आज मतदान गर्न सक्ने भएको छ । जब उसले मतदान गर्ने अधिकार पाए तब उसले नागरिक सरह जिवन निर्वाह गर्न पाए । संविधानमा महिलाहरुको मौलिक हक भनेर लेखिएको छ तर राज्यले गरेको सहयोग हामीले पाएको छैन् । संविधानमा लेखेर मात्र हुदैन कार्यान्वयन पनि हुनु पर्छ कार्यान्यवन नहुदा एउटा कागजको खोस्टो मात्र हुने अधिकार कर्मी तथा अधिवता कौषल्या ओझाले बताउनु भयो ।

त्यसैगरी बालविकासकी शिक्षिका रमा पन्त भन्नु हुन्छ ‘अहिले पनि महिलाहरु, बालबालिका शोषणमा परेका छन् झण्डै ३६ हजार बालविकास शिक्षकहरु शोषणमा परेका छन् राज्यले अहिले सम्म हेरेको छैंन् नारीमा पनि एकल महिलालाई हेर्ने दृष्टिनै कोण फरक छ राज्यले कुनै वास्ता गरेका छैन् ।’ ‘‘नारी, बालबालिकाको संवेदनशिल विषय वस्तु हो । अहिले दिन प्रतिदिन संवेदनशिलता बढिरहेको अवस्थामा घटनाहरु बढिरहेका देखिन्छ । यतिबेला संवेनदशिलता पूर्वक काम गर्नुपर्छ । नारी, बालबालिका हितको लागि प्रहरीले सभ्याताको साथ काम गर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले बताउनु भयो । आज कञ्चनपुरमा विभिन्न सघ सस्था तथा सरोकारबाला निकायाको उपस्थितिमा ११३ औं अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइएको छ ।







