ब्याजदर बिरुद्ध आन्दोलन गर्न कञ्चनपुरमा संस्थागत संघर्ष समिति

कञ्चनपुर : बैंक तथा लघु वित्त वित्तिय संघ संस्थाको ब्याजदर बिरुद्ध कञ्चनपुरमा संस्थागत संघर्ष समिति गठन गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीको छलफल बैठकबाट बैंक तथा लघु वित्त वित्तिय संघ संस्थाको ब्याजदर बिरुद्ध संस्थागत रुपमै संघर्ष समिति गठन गरेर संघर्ष गर्ने निर्णय भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्टले संघर्ष समिति कुनै व्यक्तिलाई नेतृत्व वा सदस्य बनाउनु भन्दा संस्थागत रुपमा संघर्ष समिति बनाउन सबै उद्योगी व्यवसायीबाट सुझाव आएकाले संस्थागत रुपमै संघर्ष समिति गठन गरिएको बताए ।

कार्यकारी अधिकृत भट्टका अनुसार कञ्चनपुर उद्योग वाणिज्य संघको संयोजकत्वमा बाँकी बस्तुगत संघ संगठन सदस्य रहनेगरी संघर्ष समिति चयन गरिएको छ । उनका अनुसार सदस्यमा कञ्चनपुर, निर्माण व्यवसायी संघ, होटल, औषधी, मदिरा, मण्डी, काष्ठ व्यवसायी संघ, वितरक, विद्युतीय, डेरी सहित महाकाली, पवनदुत, सुनौलो यातायात प्रालि, मुद्रण व्यवसायी संघ, ब्याब्सन, एन ब्याब्सन, हार्डवेयर तथा निर्माण व्यवसायी सहितका बस्तुगत संघ संगठन रहेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले चर्को ब्याजदर बिरुद्धमा उद्योगी व्यवसायीले साँकेतिक स्वरुप आ–आफ्नो उद्योग व्यवसाय क्षेत्रमा कालो झण्डा,पट्टी बाँधेर आन्दोलन गरिने छ । संघर्ष समितिले प्रदे्श र सघीय सरकारलाई दवाव दिन डेलिगेशन दिने अध्यक्ष जोशीले बताए । ‘अर्थतन्त्र नै धरासायी बनिरहेको छ, ‘उनले भने, ‘बैंक तथा वित्तिय संघ संस्थाको ब्याजदरले घाँटीसम्म च्यापिसक्यो, अब आन्दोलनको विकल्प छैन ।’ कञ्चनपुर उद्योग वाणिज्य संघले गत साता चर्को ब्याजदर बिरुद्धमा नियमित आन्दोलन गरेको थियो ।

ताजा समाचार