राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनद्वारा स्ववियू निर्वाचनका लागि कञ्चनपुरका क्याम्पसमा संगठन दर्ता


कञ्चनपुर : राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनका लागि कञ्चनपुरका क्याम्पसमा संगठन दर्ता गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका अध्यक्ष मनिस पालले त्रिविको निर्वाचन कार्य तालिका अनुरुप कञ्चनपुरका ८ क्याम्पसमा संगठन दर्ता गरेको बताए । उनका अनुसार संगठन दर्तासंगै स्ववियू निर्वाचनका लागि प्रजातान्त्रिका विद्यार्थी संगठनले थप कार्यक्रम गरिनेछ । सिद्धनाथ विज्ञान क्याम्पस, जनज्योती बहुमुखी क्याम्पस, बालजागृती कलेज, कञ्चन विद्या मन्दिर, दानेश्वर बहुमुखी क्याम्पस, भानु बहुमुखी क्याम्पस, शारदा विद्यापिठ र कञ्चन बहुमुखी क्याम्पसमा संगठन दर्ता गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img