बैंकको चर्को ब्याजदर बिरुद्ध कञ्चनपुरका उद्योगी व्यवसायीको आन्दोलनको नयाँ तरिका ‘नो डिपोजिट’


कञ्चनपुर: बैंक तथा वित्तिय संघ संस्थाको चर्को ब्याजदर बिरुद्ध निरन्तर आन्दोलनमा उत्रिएका कञ्चनपुरका उद्योगी व्यवसायीले नयाँ तरिकाबाट आन्दोलन शुरु गरेका छन । उद्योगी व्यवसायीले महेन्द्रनगर सहित जिल्लामा निरन्तर बिरोध प्रर्दशनका कार्यक्तम अन्र्तरगत बिहीबार नयाँ बिधीबाट आन्दोलन गरेका छन । कुनैपनि बैंकमा ‘नो डिपोजिट’ अर्थात पैशा जम्मा नगरेर आन्दोलन गरेका हुन । कञ्चनपुर उद्योग वाणिज्य संघको अगुवाईमा बैंकको चर्को ब्याजदर बिरुद्ध गत सोमबारदेखि महेन्द्रनगरमा बिरोध प्रर्दशन शुरु गरिएको थियो । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले नयाँ तरिकाबाट आन्दोलन गरिएको बताए । ‘हामीले बिहीबार सबै शाखामा पैशा जम्मा गरेनौँ, ‘उनले भने, ‘नो डिपोजिट गरेर आन्दोलन गरेका छौँ ।’ अध्यक्ष जोशीका अनुसार जिल्लाभरीका बैंकमा उद्योगी व्यवसायीले पैशा जम्मा गरेको छैन ।
सरकारले उद्योगी व्यवसायीका मागप्रति वेवास्ता गरेकाले बाध्य भएर निरन्तर आन्दोलन गर्दै आएको बताए । पहिलो चरण अन्र्तंरगत १५ फागुनदेखि २० सम्म निरन्तर आन्दोलन हुने र त्यसपछि शसक्त रुपमा आन्दोलन गर्ने बताए । अध्यक्ष जोशीका अनुसार सोमबारदेखि बिहान ११बजेसम्म जिल्लाभरीका उद्योगी व्यवसायी बन्द गरेर बिरोध प्रर्दशनमा उत्रिएका छन । ‘हामीले दैनिक सम्पूर्ण उद्योग व्यवसाय बन्द गरेर हडतालमा उत्रिएका छौँ, ‘उनले भने, ‘पहिलो दिन प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाए, अब निरन्तर आन्दोलनमा होमिएक छौँ, कहिले केहीन केही आन्दोलन गर्दै अघि बढिरहेका छौँ हाम्रो कुरा सरकारले सुनेको छैन ।’ कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले बैंक तथा वित्तिय संघ संस्थाको आचाक्ली ब्याजदर बिरुद्ध निरन्तर आन्दोलन भईरहेको बताए । महासचिव बोहराले पुर्ववत कार्यतालिका अनुरुप उद्योगी व्यवसायी आन्दोलित भएको बताए ।

उनका अनुसार शुरुवाको दिन बजार हुँदै प्रशासनसम्म बिरोध प्रर्दशन गरेर ज्ञापन पत्र बुझाएको दोस्रो दिनदेखि निरन्तर आन्दोलन गरिरहेको बताए । महासचिव बोहराले कोरोना महामारीपछि सबैभन्दा बढि उद्योगी व्यवसायी मारमा परेको भन्दै कञ्चनपुर उद्योग वाणिज्य संघले ब्याजदर घटाउनुपर्नेदेखि व्यवहारिक नीति खारेजीको एजेण्डा अघि सारेर आन्दोलनमा उत्रिएको बताए । महासचिव बोहराले चर्को ब्याजदर घटाउनुपर्ने, ऋणको ब्याजदर एक अकंमा राख्नुपर्ने, ऋण लिदा बखत सम्झौता अनुरुप ब्याजदर कायम हुनुपर्नेदेखि अव्यवहारिक नीति खारेजी हुनुपर्ने माग अघि सारेर उद्योगी व्यवसायी बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । २० फागुनमा संघको नेतृत्वमा सबै बस्तुगत संघ संस्थाहरुलाई तथा सम्बन्धीत पक्षलाई राखेर थप आन्दोलनका कार्यक्रम गर्ने गरिनेछन । कञ्चनपुर उद्योग वाणिज्य संघका युवा सदस्य प्रदिप पालले बैकको चर्को ब्याजदर अशुल्ने कामबाट उद्योगी व्यवसायी धरासायी बनाएको बताए । ‘बैकले ऋढा दिने बेला एक सहमती गर्ने पछि अर्को हिसाबले पैशा अशुःने कार्य गलत छ, ‘उनले भने, ‘त्यसको अन्त्य हुनुपर्छ ।’ संसारमा नभएको निक्षेप तथा ऋणको ब्याजदर उच्च भएकाले काम गर्ने उद्योगी व्यवसायी मारमा परेको बताए । ‘हामी कहाँ केही रकम बंैंकमा जम्मा गर्ने र ब्याजकै भर पर्ने प्रचलन छ, ‘पैशा हुनेले लगानी नगर्ने र नहुनेले चर्को ब्याजदरमा ऋण निकालेर काम गर्नुपर्ने बाध्यता छ ।’
कञ्चनपुरका उद्यमी माधव राज जोशीले कुनैपनि बैक घाटामा नगएको अवस्थामा उद्योगी व्यवसायी चर्को ब्याजदरका कारण मारमा परेको बताए । ‘भएको लगानी स साना सहकारीमा गरिएको छ, ‘उनले भने, ‘राष्ट्र बैकले चाहेमा ब्याजदर घटाएर समस्या समाधान गर्नसक्छ ।’ कोरोना महामारीपछि उद्योगी व्यवसायी मारमा परेको भन्दै वर्तमान आर्थिक संकट समाधानका लागि राज्यले अभिभाबकत्व ग्रहण गर्नुपर्ने उनले सुझाव छ । आन्दोलनका कारण स्वयम उद्योगी व्यवसायी समेत मारमा परिरहेका छन । उद्योगी व्यवसायीको आन्दोलनमा कञ्चनपुरका राजनीतिक दलले समेत समथ सर्मथन जनाएका छन । महामारीपछि जनताको ढाडसेक्नेगरी बैंक तथा वित्तिय संघ संस्थाहरुले ब्याज लिईरहेको अवस्थामा राजनीतिक दलले समेत उद्योगी व्यवसायीको मागपति ऐक्यबद्धता जाहेर गरेका छन । बिहीबार वाणिज्य संघको हलमा भएको राजनीतिक दलसंगको छलफलमा दलहरुले ऐक्यबद्धता जाहेर गरेको वाणिज्य संघका प्रशासकीय अधिकृत हेमराज भट्टले बताए । लघुवित्त वित्तिय सघ संस्था बैंकको चर्को अस्वभाविक ब्याजदर बिरुद्धमा दैनिक विभिन्न पक्षबाट आन्दोलन जारीछ । उद्योगी व्यवसायीले अघि सारेका माग सम्बोधनका सरकार अग्रसर हुनुपर्ने अर्थविज्ञहरुको भनाई छ ।


Loading Viewer...

ताजा समाचार

spot_img