अखिल क्रान्तिकारीको स्ववियू निर्वाचन विशेष अभियान निरन्तर


कञ्चनपुर:अखिल क्रान्तिकारीले कञ्चनपुरमा स्वतन्त्र विद्यार्थी निर्वाचन विशेष अभियानसंचालन गरेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरमा स्ववियू निर्वाचन विशेष अभियान निरन्तर जारी राखेको हो । अभियान अन्र्तरगत बुधबार पनि जिल्लाका विभिन्न क्याम्पसमा संगठन विस्तार गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता दल बहादुर धामी(अरिबल)ले निरन्तर क्याम्पसमा संगठन विस्तार अभियान संचालन भईरहेको बताए । नेता धामीका अनुसार सिद्धनाथ विज्ञान क्याम्पसमा दिपक भण्डारीको अध्यक्षमा २१सदस्यीय इकाई कमिटी विस्तार गरिएको छ ।

कञ्चन विद्या मन्दिरमा भीम धामीको अध्यक्षमा ६१ सदस्यीय इकाई कमिटि विस्तार गरिएको छ । यस्तै शुक्लाफाँटा नगरपालिका झलारीको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस र कृष्णपुर नगरपालिका ५ गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा इकाई कमिटि विस्तार गरेको छ । कृष्णबैजनाथ बहुमुखी क्याम्पसमा गंगादत्त भट्ट र कञ्चन बहुमुखी क्याम्पसमा राम बहादुर डगौराको अध्यक्षमा इकाई कमिटि विस्तार गरिएको छ । भट्टको अध्यक्षतामा ५१ र डगौराको अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटि विस्तार भएको छ ।

यस अघि पनि क्रान्तिकारीले कञ्चनपुरका विभिन्न क्याम्पस तथा विद्यालयमा सगठन विस्तार गरिसकेको छ । संगठन विस्तार अन्र्तरगत कार्यक्रमको प्रमुख अथितिमा जिल्ला संयोजक भुवन सिह विष्टले अभियान अन्र्तरगत स्ववियू निर्वाचनका साथै समसामयिक शैक्षिक समस्या बारेमा क्रान्तिकारीले विद्यार्थीलाई जागरुक गरिरहेको र थप क्याम्पसमा समेत अभियान निरन्तर संचालन हुने संयोजक विष्टले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img