कञ्चनपुर : अखिल क्रान्तिकारीले कञ्चनपुरमा स्वतन्त्र विद्यार्थी निर्वाचन विशेष अभियानसंचालन गरेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरमा स्ववियू निर्वाचन विशेष अभियान निरन्तर जारी राखेको हो । अभियान अन्र्तरगत मंगलबार शुक्लाफाँटा नगरपालिका झलारीको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस र कृष्णपुर नगरपालिका ५ गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा इकाई कमिटि विस्तार गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता दल बहादुर धामी(अरिबल)ले कृष्णबैजनाथ बहुमुखी क्याम्पसमा गंगादत्त भट्ट र कञ्चन बहुमुखी क्याम्पसमा राम बहादुर डगौराको अध्यक्षमा इकाई कमिटि विस्तार गरिएको बताए ।
उनका अनुसार भट्टको अध्यक्षतामा ५१ र डगौराको अध्यक्षतामा २१ सदस्यीय इकाई कमिटि विस्तार भएको छ । यस अघि पनि क्रान्तिकारीले कञ्चनपुरका विभिन्न क्याम्पस तथा विद्यालयमा सगठन विस्तार गरिसकेको छ । कार्यक्रमको प्रमुख अथितिमा जिल्ला संयोजक भुवन सिह विष्टले अभियान अन्र्तरगत स्ववियू निर्वाचनका साथै समसामयिक शैक्षिक समस्या बारेमा क्रान्तिकारीले विद्यार्थीलाई जागरुक गरिरहेको बताए । थप क्याम्पसमा समेत अभियान निरन्तर संचालन हुने संयोजक विष्टले बताए ।







