कञ्चनपुरकी प्रतिभा नेपाल लिटिल गर्ल आइडलको पपुलर भोटमा प्रथम


कञ्चनपुर : काठमाण्डौंको राष्टिय नांचघर जमलमा भएको नेपाल लिटिल गर्ल आइडल २०२३ को च्याम्पीयनसीपमा कञ्चनपुरको भीमदत्त न.पा.७ हल्दुखाल राममन्दिर टोल घर भएकी प्रतिभा भट्टले पपुलर भोटमा प्रथम स्थान हासिल गरेकी छन । स्लेक्सन राउण्डबाट छानिएका १९ जनाको प्रतिस्प्रधामा भट्टले पपुलर भोटमा प्रथम स्थान हासिल गरेकी हुन । उनले विभिन्न विधामा वेस्ट अवार्ड समेत जितेकी छन । टेलिभिजन सो मा समेत प्रसारित कार्यक्रमको निर्णायकमा विद्वान बुद्धिजीवी व्यक्तित्व रहनु भएको थियो । सुरुमा उच्च भोट प्रोसेस (हाइ भोट) अपनाएर लोकप्रियता परीक्षण गरिएको थियो ।

सो मा सबै कन्स्नटेन्ट मध्ये प्रतिभाले प्रथम स्थान हासिल गरेकी हुन उनलाई देश विदेशबाट शुभेच्छुक तथा आफन्तहरुले ईलेक्ट्रोनिक भोट प्रदान गरेका थिए । कार्यक्रमको पुरस्कार वितरणमा पत्रकारीता क्षेत्रका महत्वपुर्ण व्यक्तित्व, साहित्यकार लगायतको उपस्थिती रहको थियो । काठमाण्डौ मनमैजुमा आफ्ना ठुल्बुबा सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टसंगै बसी अध्ययन गर्दै आइरहेकी भट्ट सानैदेखी नृत्य कलामा सौखिन रहेकी थिइन । सानै उमेरमा यस प्रकारको राष्टिय प्रतियोगितामा जीत हासिल गरेर पिपलकोट भट्ट परिवारकै शिर ठाडो परेको कुरा निज प्रतिभा भट्टका बुवा घनश्याम भट्टलाई उदृत गर्दै बेलौरी न.पा. शिक्षा शाखा निमित्त प्रमुख अमित प्रसाद भट्टले बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img