कञ्चनपुर : शनिबार बसेको बैठकले महिलाहरुको संजाल गठन गरेको हो । आदिवासी जनजाती महिलाहरुको हक अधिकारको लागि काम गर्दै आएको महिला संजालले अब झन शसक्त भएर लाग्ने महिला शशक्तीकरण नेपालकी संस्थापक अध्यक्ष रश्मीला प्रजापतीले बताइन् ।

महिला शशक्तीकरण नेपालका संस्थापक अध्यक्ष ‘रश्मीला प्रजापती’ को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका सासद गिता चौधरी रहनु भएको थियो भने विशिष्ठ अतिथीमा विनका उपाध्यक्ष विजय लक्ष्मी शाक्य, नेपाल आदीवासी जनजाती महासंघ कञ्चनपुरका अध्यक्ष तथा नेवाः देय् दबु केन्द्रीय उपाध्यक्ष विकास श्रेष्ठ रहनु भएको थियो त्यसैगरी भीमदत्त, बेलौरी, पुनवार्स नगरपालिकाका आदिवासी जनजाती महिला जनप्रतिनिधि तथा अग्रज महिला नेतृहरुको उपस्थीतिमा महिला संजाल गठन गरिएको थियो ।







