कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरको भीमदत्त नगर समितिको अध्यक्षमा अम्बादत्त जोशी चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको रास्वपा भीमदत्त नगरको भेलाले अध्यक्षमा जोशी चयन भएका हुन । उपाध्यक्ष हजारी सिह पुजारा, कोषाध्यक्ष यज्ञराज जोशी, सचिव रामदत्त भट्ट, चयन भएका छन । सदस्य गजेन्द्र चन्द, पार्वती भट्ट, लक्ष्मी कोली, केशव दत्त जोशी, प्रमानन्द जोशी, बन्दना नाथ, गोबिन्द बल्लव पन्त रहेका छन ।

रास्वपा भीमदत्त नगर समितिका अध्यक्ष अम्बादत्त जोशी सहितका पदाधिकारीले भीमदत्त नगरमा हुने भ्रष्टाचार अन्त्यका साथै सुशासन कायम गर्ने प्रण गरेका छन । कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाई,प्रतिभा रावल,विजय जैरू प्रदेश इन्चार्ज ज्ञानेन्द्र महता,प्रदेश सभापति प्रकाश विष्ट, प्रदेश सदस्य पदम विष्ट सहितका नेताहरुले भ्रष्टाचार बिरुद्धमा सुन्य सहनशिलता भएर जनताको पक्षमा काम गर्न भीमदत्त नगर समितिका पदाधिकारीलाई निर्देशन दिएका छन ।







