अरुणीमा बिद्या मन्दिरको १८ औ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाम प्रगती टोलमा रहेको अरुणीमा बिद्या मन्दिरले आफनो १८ औ वार्षिकोत्सव भव्यताको साथ मनाएको छ । शुक्रवार बिभिन्न कार्यक्रम गर्दै विाद्यालयले आफनो १८ औ वार्षिकोत्सव सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्वरसिंह कार्कीले २०६२ सालमा विद्यालयको स्थापना गरिएको र हाल २ ४० जना बिधार्थीहरुले अध्यन गरिरहेको बताए । साथै सुदूरपश्चिममा नमुना बिधालय बनाउने र कसरी विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भनेर बिद्यालयमा जिल्ला तथा जिल्ला बाहिरका अनुभवी शिक्षक शिक्षिकाहरुलाई ल्याएर बिद्यालयमा अध्यापन को लागि ल्याएर शैक्षिक स्तरमा गुणस्तरिय शिक्षा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

उनले बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सुविधासम्पन्न भौतिक पुर्वाधार निर्माण गर्नुका साथै जनशक्तिको समेत उचित व्यवस्थापन गरिएको बताए । आफनो बिद्यालयले पहिलो प्राथमिकता भनेको गुणस्तरीय शिक्षामा जोड दिँदै आएको उनले बताए । हाल कक्षा नर्सरीदेखी ८ कक्षा सम्म अध्यापन गर्दै आएको यो बिद्यालयले आउने वर्षमा कक्षा ९ को पनि यसै विद्यालयमा अध्ययन गरिने उनले बताए साथै बिधार्थीहरुको मनोभावनालाई मध्यनजर गर्दै उनिहरुको ईच्छा आकाँक्षामा पनि अनुसन्धान गरी त्यही अनुरुप उनिहरुलाई शिक्षा कला खेलकुद लगायतको क्षेत्रमा अग्रसर गराउने उदेश्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए । साथै बिद्यालयका प्रिन्सीपल कर्णराज थापा मगरले आफु आएको १ महिना भएकोले त्यही समयमा आफुले धेरै प्रगती गराएको बताए।

बिधालयमा रहेका बिधार्थीहरुको बाल मनोबिज्ञान अनुरुप उनिहरुलाई शिक्षा प्रदान गरी यो प्रदेशको नमुनाको रुपमा ल्याएर शैक्षिक गुणस्तरलाई कसरी अगाढी बढाउन सकिन्छ, भनेर अभिभावक तथा अन्य सम्बन्धित क्षेत्रका बौद्धिक व्यक्तित्वहरु सँग पनी सल्लाह गरेर बिद्यालयलाई शैक्षिक हिशावमा कसरी राम्रो बनाउन सकिन्छ त भनेर लागी परेको बताए । काठमाण्डौमा रहेको नेपालमा १ नम्वरमा रहेको लिटिल एन्जल्स कलेजका प्रिन्सिपल कृष्णदत्त अवस्थीले आफनो क्षेत्रमा रहेको यो विद्यालयलाई कसरी अगाढी बढाउन सकिन्छ भनेर सहकार्य गरी यो बिद्यालयको व्यवस्थापन समितिीमा पनि रहेर बिद्यालयको समस्या बिद्यालयबाट दिईने स्तरिय शिक्षालाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भनेर लागि रहेको बताए । उक्त बिद्यालयमा अध्ययनरत बिधार्थीहरुले बिभिन्न साँस्कृतिक कार्यक्रम तथा तेक्वान्दो खेलाडीहरुले आफनो कला सिपको प्रदर्शन पनि गरेका थिए ।


ताजा समाचार

spot_img