कञ्चनपुर : नेकपा (बहुमत) ्निकट अखिल क्रान्तिकारी कञ्चनपुरले मेधावि मा अध्यनरत बिधार्थि निरज भट्ट लाई कुटपिट भएका विधार्थिको उपचारको माग गर्दै कुटपिट गर्ने शिक्षकलाई कार्वाहि को माग अघि सारेका छन ! हाम्रो महान तथा गौरवसालि संगठन अखिल ९क्रान्तिकारी० कञ्चनपुर स्थापना काल देखि शैक्षिक क्षेत्रमा हुने हरेक विकृति विसङ्गति का विरुद निरन्तर संघर्षरत रहेको कुरा सबैमा अवगत नै छ।

यसै सिलसिला मा जिल्ला को भिमदत्त नगरपालिका १८ मा रहेको मेधावी माध्यमिक बिधालय मा अध्ययनरत १४ बर्षिय बालक निरज भट्ट लाई सोहि बिधालयका शिक्षक सन्तोष चौधरीलाई प्रश्न सोध्ने क्रममा नै निर्घात तरिकाले कुटपिट गरेको घटना प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ। कुटपिट भएका विधार्थि को कान भित्रबाट रगत निश्कि टाउको सुन्निएको छ , उहाको पुर्ण स्वास्थ्य लाभको कामना गर्दै घाईते बालक को पुर्ण स्वास्थ्य उपचारका साथै उक्त घटनाको सत्य तथ्य छानबिन गरी निज शिक्षक लाई कडा कार्वाहि को दायरामा ल्याई अब उप्रान्त यस्ता घटना हुन नदिन बिधालय प्रशासन संग जोडदार माग गर्दछौँ .







