कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका ४ बैतडा स्थित सार्कीपार्की टोलका स्थानीयले चौधर नदीमा तटबन्ध निर्माणको माग अघि सारेका छन । कटानीको उच्च जोखिममा रहेको बेदकोट नगरपालिका ४ सार्कीपार्की टोलमा तटबन्ध निर्माणको माग अघि सारेका हुन । शुक्रबार स्थानीयले बेदकोट नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै यथाश्रिघ बलियो तटबन्ध निर्माणको माग अघि सारेका छन ।

बेदकोटका स्थानीय युवा राजुराम सार्की(भुल)ले विप्दको उच्च जोखिममा रहेको चौधर नदीमा तटबन्ध निर्माण नभए अर्को बर्षातमा ठुलो जोखिम हुने बताए । गएको बर्षातमा समेत चौधर नदीले सार्कीपार्की टोलमा उर्बराभूमि जमिन कटानी गरेको थियो । अहिले तटबन्ध निर्माण नभए फेरी जोखिम बढ्ने बताउँदै स्थानीयले तटबन्ध निर्माण नभए सार्कीपार्कीटोलको जायजेथा सत्यनास हुने भन्दै समयमै तटबन्ध निर्माणमा जोडदिएका छन ।

ज्ञापन पत्र बुझ्दै बेदकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले तटबन्ध निर्माणका लागि पालिका तर्फबाट पहल गरिने बताए । हरेक बर्ष चौधर नदीले सार्कीपार्की टोलमा कटानी गर्दै आएपनि सरकारी निकायबाट उक्त स्थानमा तटबन्ध निर्माणमा उदाधिनतका कारण स्थानीय त्रसित बन्दै गएका छन ।







