कञ्चनपुर पर्यटन महोत्सवडेढ लाखले अवलोकन गरे


कञ्चनपुर: कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा फाल्गुन १ गते सोमबार देखि शुरु भएको औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव फाल्गुन ११ गते समापन गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव बिहीबार एक कार्यक्रमका विच समापन गरिएको हो ।
‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले १४ औँ संस्करण महोत्सव संचालन भएको महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गरेका थिए । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकास देउवाको प्रमुख आतिथ्यमा महोत्सव समापन गरिएको छ । प्रमुख अतिथि मन्त्री देउवाले पर्यटन प्रर्बद्धनका लागि महोत्सव फलदायी हुने बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले लाखौँले महोत्सव अवलोकन एव करोडौँ कारोबार भएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव तथा प्रचार प्रसार समिति संयोजक खगेश्वर बोहराले महोत्सव वाणिज्य संघले ०५७ सालदेखि मेला संचालन गर्दै आएको कोरोना महामारीका कारण लगातार दुर्ई बर्ष हुन नसकेको मेला यस पटक ०७९ सालमा हुन लागेको महोत्सवमा झण्डै औषत ५ करोडको कारोबार भएको बताए । आर्थिक गतिबिधी बृद्धि गराउने, स्थानीय बस्तु तथा सेवा, पर्यटन, कलाको प्रर्बद्धन गर्ने उदेश्यले मेला संचालन गरिएको अध्यक्ष जोशीले बताए । महोत्सवमा लघु उद्यम, अटो प्रर्दशनी, कृषि गारमेन्ट,बाल उद्यान सहित सुदूरपश्चिमको झल्किने लोकसंस्कृति प्रस्तुत गरिएका छन । मेलाको मुख्य प्रयोजक प्रभु बैंक लिमिटेड, प्रयोजकमा गोर्खा ब्रअरी, निको ईन्सोरेन्स कम्पनी लिमिटेड र प्रर्बद्धकमा सनराई बैक, डिसहोम रहेका थिए ।
स्थानीय तथा राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम संचालन गरिएको महोत्सव अलोकनका लागि साधारण तर्फ ८० र विद्यार्थी सहुलियत ४० रुपैया निर्धारण गरिएको थियो । महोत्सवमा विभिन्न कला, संस्कृति, उद्यम व्यवसायी प्रकृतिका २ सय हाराहारीमा स्टल रहेका थिए । सुदूरको लोक देउडा सहितको लोक संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएका थिए ।


ताजा समाचार

spot_img