डेढ दशकपछि ज्यान मुद्दाका अभियुक्त प्रहरीको फन्दामा


कञ्चनपुर :  डेढ दशकपछि कञ्चनपुरका एक ज्यान मुद्दाका अभियुक्त प्रहरीको फन्दामा परेका छन । भीमदत्त नगरपालिका–१४ बनकट्टी बस्ने ५८ वर्षीय हर्क बहादुर ऐडी बुधबार पक्राउ परेका हुन । कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले करिब साढे १७ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनकै घर ठेगानामा लुकिछिपी बसिरेहको अवस्थामा पक्राउ गरेको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले ऐडीलाई घरबाटै पक्राउ गरिएको बताए । उनका अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ । ऐडीविरुद्ध ०६२ भदौ २५ गते मुद्दा दर्ता भएको थियो। त्यही समयदेखि उनी फरार थिए। सुरुवातमा करेन्ट लागेर मृत्यु भएको भनिएकी बनकट्टीकै उजलादेवी खड्काका आफन्तको जाहेरीमा मुद्दा दर्ता भएको थियो।
तर, अनुसन्धानका क्रममा वन्यजन्तुका लागि ऐडीले छाडेको करेन्ट लागेर खड्काको मृत्यु भएको देखिएपछि प्रहरीले कर्तब्य ज्यान सम्बन्धि मुद्दा चलाएको मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक भरतराज गिरीले बताए । कर्तव्य ज्यानमा मुद्दा परिणत भएपछि बारदात मितिबाटै फरार रहेका ऐडीलाई लामो समयको खोजबिनबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीले अपराध गरेर फरार भएकाहरुलाई नियन्त्रणमा लिएर कानुनीको ढोकासम्म पु¥याउने काम गरेको
छ ।


ताजा समाचार

spot_img