कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर बजारमा विद्युतका पोल नहटाई सडक कालोपत्रे गरिरहेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मुल बजार क्षेत्रमा विद्युतका पोल नहटाई सडक कालोपत्रे गरिदैछ । एसियाली विकास बैक(एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरमा आधुनिक सडक निर्माणमा विद्युतका पोल नै हटाएर सडक निर्माण कार्य अघि बढाईएको हो । सडक निर्माण कम्पनी जेडआईसीसी लामा जेभीले दिर्घकालिन असरलाई मध्य नजर नगरिकनै सडक कालोपत्रे गरिहेको छ । जिल्ला सदरमुकाम समेत रहेको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा ५ गल्ली सहितको सडक स्तरोन्तीमा लार्पबाही देखिएको छ । ५ गल्ली सहित ढल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोड्ने नमुना सढक, फुटपात, सौर्यबत्ती सहितको महेन्द्रनगर मझगाँउ सडकखण्डमा कालोपत्रे गरिएको खण्डमा विद्युतका पोल नहटाएरै कालोपत्रे गर्न लागेको छ । १० देखि १५ मिटर चौडाईका १४ किलोमिटर सडक निर्माणका लागि ८८ करोडमा सम्झौता सम्झौता भएको छ ।
निर्माण कम्पनीले क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीसंग ३ असार ०७७ देखि ३१ जेठ ०७९ मा काम सक्नुपर्ने सम्झौता गरेपनि पहिलो पटक म्याद सकिएर दोस्रो पटक ६ महिनाका लागि थप गरेपनि काम सम्पन्न गर्न सकेको छैन । पहिलो पटक थपिएको समय ०७९ पुषमा सम्पन्न भएको थियो । दोस्रो पटकका लागि निर्माण कम्पनीले म्याद थप माग गरेको छ ।
०७७ मसिर तेस्रो साता कञ्चनपुर क्षेत्र ३ का प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टले उक्त आधुनिक सडक निर्माणको शिलान्यास गरेका थिए । शिलान्यास गर्दै तत्तकालिन संसद भट्टले गुणस्तरिय काम गर्न अनुरोध गरेका थिए । तर, निर्माण कम्पनीले विद्युतका पोल नै हटाएर सो सडक सहित अन्य सडकमा समेत निर्माण कार्य गरेपछि स्थानीयले बिरोध गरेका छन । यसरी दिगो विकास नै हुन नसक्ने भन्दै स्थानीयले बिरोध गरेका हुन । महेन्द्रनगरका स्थानीय पुष्कर भट्टले सडकमा भएका विद्युतका पोल नै हटाएर कालोपत्रे कार्यले दिगो विकासमा प्रभाव पर्ने बताए । ‘अहिले विद्युतका पोल नै नहटाएर कालोपत्रे हुन्छ, ‘उनले भने, ‘भोली एक दिन हटाउनु नै पर्छ, त्यतिबेला नोक्सानीदेखि खर्च थपिन्छ ।’स्थानीय एव पुर्व निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले विच सडकमा विद्युतका पोल नहटाएरै कालोपत्रेले एकातिर सवारी दुर्घटना अर्कारित दिर्घकालिन विकासमा असर पर्ने बताए । ‘कुनैपनि विकास हुँदा साझेदारी निकायविच शुरुवाती चरणमै समन्वय हुनपथ्यो, ‘उनले भने, ‘यहाँ देखिएर अहिले विद्युतका पोल नहटाएरै कालोपत्रे भविष्यमा हटाउँदा थप क्षति हुन्छ ।’
अर्का स्थानीय युवा खेमराज ऐरीले विद्युतका पोल नहटाएरै कालोपत्रेबाट थप समस्या हुने बताए । उनले विद्युत, खानेपानी, टेलिकम एव टेबुल सहितका निकायसंग विकास साझेदार कार्यालयबाट एकीकृत विकास योजना हुनुपर्नेमा जोडदिए । सडक निर्माण कम्पनी जेडआईसीसी लामा जेभीका ईन्जिनियर दिपक डिसीले नेपाल विद्युत प्राधिकरणको अवरोधले बाध्य भएर सडक कालोपत्रे गर्न लागिएको बताए । ‘हाम्रो स्टरमेटमा ९ मिटर अग्लो विद्युतका पोल हाल्नुपर्ने थियो, ‘उनले भने, ‘अहिले विद्युतले १२मिटर हाल्नुपर्ने अडान राखेको छ, तारपनि आधुनिक हाल्नुपर्ने अडानले यस्तो समस्या आएको छ ।’ भीमदत्त नगरपालिका क्षेत्रीय शहरी विकास आयोजना सडक निर्माणको जिम्मा पाएका तत्तकालिन ईन्जिनियर गोरख बहादुर सिहले विद्युतको अडान गरेर समस्या भईरहेको बताएका थिए । ‘ठेक्का सम्झौता र स्टमेटमा ९ मिटर लामो विद्युतको पोल हाल्नुपर्ने रहेछ, ‘ईन्जिनियर सिहले भने, ‘अहिले विद्युतले १२ मिटर लामो पोल र पुरानो होईन नयाँ तार हाल्नुपर्ने अडानले विद्युतका पोल हटाउन नमानेपछि कालोपत्रे गरिएको छ ।’ म्याद थप र आयोजनाको काम पुर्नविचारका लागि फाईल मन्त्रालयमा पेश गरिएको ईन्जिनियर सिहले बताए । ईन्जिनियर सिहले अब आयोजनाको रिभ्यु गरेर पछि निर्माण कम्पनीले विद्युतका पोल हटाएर सडक निर्माण गर्ने बताए ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कञ्चनपुरका प्रमुख चुटुन कुमार श्रीवास्तले विद्युतका पोल हटाउने विषयमा विद्युतको कुनै असहयोग नभएको बताए । ‘हामीले सडक निर्माणमा असहयोग गरेका छैनौँ, ‘उनले भने, ‘असोज महिनामै स्टमेट दिईसकेका छौँ ।’ ११ हजार हाईटेन्सेनलाईनमा ११ मिटर र घर प्रयोजनका लागि लाईनमा ९मिटरका विद्युतका पोल राख्नुपर्ने स्टेमेट दिएपनि निर्माण कम्पनीले ढिलाई गरेको बताए । ‘विद्युतले नै पोल हटाउँदा नेपाल विद्युतप्राधिकरणमा पैशा जम्मा गर्नुपर्छ, ‘उनले भने, ‘होईन भने, ‘उहाँहरुले आफैले हाल्नुपर्छ, अनुमतिका लागि उपकार्यकारी निर्देशकबाट अनुमती लिएर सार्नुपर्छ ।’ महेन्द्रनगरमा विद्युतका पोल नहटाउरै कालोपत्रे भईरहेको छ भन्ने विषयमा बुझ्न खोज्दा क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीका ईन्जिनियर सञ्जय कुमार शाहले यस बारेमा आफुलाई केही थाहा नभएको त्यो कुरा विद्युतलाई नै सोध्न गैर जिम्मेबारीपन जवाफ दिए । भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले विद्युत, टेलिकमलाई विद्युतका पोल हटाएर सहयोग गर्न पटक पटक आग्रह गरिएको बताए । ‘हामीले विकास निर्माणमा सरकारी सार्वजनिक निकायसंग संयुक्त छलफल नै गरेर अनुरोध गरेका छौँ, ‘उनले भनिन, ‘लामो समयसम्म त विद्युतले पोल नै हटाईदिएन, त्यसपछि विद्युत, खानेपानी, टेलिकमसंग संयुक्त छलफल गरेर हटाउने प्रतिबद्धता जाहेर गराएका थियौँ ।’ क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले कञ्चनपुरको भीमदत्त सहित शुक्लाफाँटा कैलालीको धनगढीउपमहानगर र गोदाबारी पालिकामा आधुनिक सडक, ढल निर्माण गरिरहेको छ ।







