कञ्चनपुर : नेशनल लईफले मनायो ३६ ओै वार्षिकोत्सब देशकै अग्रणि जीवन बीमा कम्पनी लाईफले आफ्नाे स्थापनाकाे ३६ ओै वार्षिकोत्सब बिबिध कार्यक्रम गरि मनाएकाे छ। वार्षिकोत्सबकाे अवसरमा महेन्द्रनगर शाखाले महेन्द्रनगर बजारमा प्रभात फेरि, रेडक्रस कंचनपुरकाे सहकार्यमा रक्तदान र महाकाली अंचल बालअनाथालयमा रहेका करिव दुई दर्जन बालकहरुलाई फलफूल बितरण गरि कम्पनीले आफ्नाे वार्षिकोत्सब मनाएकाे छ। नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनीले आफ्ना बिमितलाई सर्वाधिक वाेनस प्रदान गर्न सफल भएको छ ।

कम्पनीले आफ्नाेम सामाजिक उत्तर दायित्व बाेध गरेर विभिन्न समय र अवसर पारि देशमा रहेका प्रमुख पर्यटकिय गन्तव्यकाे प्रचारप्रसार गर्नुका साथै वालिका शिक्षाकाे लागि गरिव जेहेन्दार छात्रा लाई नि: शुल्क शिक्षाकाे व्यवस्थाका साथै देशका बिकट स्थानमा सहज स्वास्थ्यमा पहुच पुगाेस भन्ने् उद्देश्यका साथ अस्पताल निर्माण कार्यमा समेत सहकार्य गर्दै आएकाे छ। कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रमुख नविनकिशाेर भट्ट, कृष्ण सिह ठगुन्ना, मिना कुमारि उपाध्याय, ओमप्रकाश पाण्डे, चिफ बिजनेस म्यानेजर द्वय राजेन्द्र बहादुर चन्द, धनसिह ठगुन्ना, खडक बहादुर खाति, डम्मर चन्द ( राजन) तारा अवस्थि,पार्वति नेगि,पुनम जाेशि,भक्त बुढा,राम सिह कार्कि,लक्ष्मि पन्त, ईश्वरी बाेहाेरा, लगाएतका थुप्रै बिमा मध्यस्थकर्ताकाे सहभागीता रहेकाे थियाे।







