सुदूरपश्चिम प्रदेशका भाैतिक पुर्वाधार मन्त्री प्रकाश देउवाद्वारा पुनर्वास न.पाकाे बिभिन्न याेजनाकाे अनुगमन


पुनर्वास। सुदूरपश्चिम प्रदेशका भाैतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले कञ्चनपुर पुनर्वास नगरपालिकाका बिभिन्न याेजनाकाे अनुगमन गरेका छन् ।मन्त्री देउवाले पुनर्वास क्षेत्रका बिभिन्न सडक, पुल र निमार्णाधिन भवन लगायतका याेजनाकाे अनुगमन गरेका हुन् । मन्त्री देउवालाई साेमवार पुनर्वास नगरपालिकाले स्वागत कार्यक्रमकाे समेत आयाेजना गर्दै याेजनाकाेबारे मन्त्री समक्ष जानकारी गराईएकाे थियाे ।

यसै गरी नगर प्रमुख ताेयप्रसाद शर्माले लोतान्त्रिक मार्गको बारेमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
पुनर्वास ९ बिचफाटाकाे जिरो पोइन्ट देखि त्रिभुवन बस्ती ,इलाका प्रहरी कार्यालयसम्मको कालोपत्रे बाटो ,नगरपालिका देखि कोटीहोम सम्मको कालोपत्रे बाटोको निर्माण समय सिमाभित्र गर्नु पर्ने र बजेटको सुनिश्चित गर्नु पर्ने बारेमा समेत छलफल भएको नगर प्रमुख शर्माले जानकारी दिए। यसैक्रममा मन्त्री प्रकाश देउवाले आफ्नाे कार्यकाल सम्ममा पुनर्वास नगरपालिकामा चालु अवस्थाका याेजनालाई तिब्रताका साथ अगाढी बढाईने बताए


Loading Viewer...

ताजा समाचार

spot_img