१३औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु उद्घाटनकै दिन बेलडाँडीका छात्रा घटालले दौडमा स्वर्ण पदक

१३औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु उद्घाटनकै दिन बेलडाँडीका छात्रा घटालले दौडमा स्वर्ण पदक कञ्चनपुर:  ८फागुन कञ्चनपुरमा १३औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । सोमबारदेखि जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा १३ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो । कञ्चनपुर खेलकुद समितिको आयोजनामा जिल्लाका ९वटै पालिका टिमको सहभागितामा जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकास देउवाले उद्घाटन गर्दै खेलकुद विकासका लागि प्रदेश सरकारले योजना ल्याउने बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै्र कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले पालिका स्तरबाट छनौट भई आएका खेलाडीविच जिल्ला स्तरमा छनौट गरे प्रदेशमा पठाईने बताए । उनका अनुसार एथलेटिक सहित भलिबल, कब्डी, उसु, कराँते सहितका विद्यामा प्रतियोगिता हुने छ । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुवेर खडकाको सभापतित्वमा प्रतियोगिता भएको थियो । उदघाटनमै दिन १५सय मिटर दौडमा बेलडाँडीका जगदिश घटाल स्वर्ण पदक पाएका छन । भने भीमदत्तका राहुल शर्मा द्वितिय र पुनर्वासका धर्म विष्ट तृतिय भएका छन । जिल्ला स्तरिय छनौट ३दिनसम्म संचालन हुनेछ । जिल्लाबाट छनौट भएका खेलाडी प्रदेश हुँदै केन्द्रमा जाने छन ।

ताजा समाचार

This will close in 10 seconds