सन्दर्भ ७३ औं प्रजातन्त्र दिवस

उपलब्धी संस्थागत गरि देशमा विकास र रोजगारी सिर्जना गरिनु पर्छ अन्यथा प्रजातन्त्रको महत्व रहदैन्


कञ्चनपुर : ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस नेपाली जनताको बलिदानीपूर्ण संर्घष बाट जहाँनिया निंरकुस राणा शासनको अन्त्य गर्दै लोकतन्त्रको प्रक्रिया अघि बढेको एतिहासिक दिन फाल्गुन ७ गते हो । साथै जिवन भरी समाजका मुल्य मान्यता आर्दश र सिद्धान्त प्रति प्रतिवद्ध रहनु भएका लोकतान्त्रिक सेनानीहरु प्रति उच्च सम्मान प्रर्कट गर्दछु । २००७ सालको संर्घष बाट मुलुकमा १०४ वर्ष सम्म कायम रहेको जहाँनिया राणा शासनको अन्त्य भई प्रजातान्त्रीक, राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भएको थियो । नेपालमा प्रजातन्त्र स्थापना भएको यतिका वर्ष पुग्दा पनि परिवर्तनको उपलब्धी संस्थागत हुन नपाउँदा र तत्कालीन राजा महेन्द्रको प्रत्यक्ष हस्तक्षेपले २०१७ सालमा प्रतिगामी कदमबाट शिशु प्रजातन्त्रको विकासमा अवरोध पैदा भएता पनि २०४६ साल र ०६२/०६३ सालको जन आन्दोलनले पुनः प्रजातन्त्रको स्थापना गर्न सफल भयो । नेपाली जनताले लोकतन्त्र र समुन्नत समाज स्थापनाका लागि गरेको त्याग, संघर्ष तथा विशेषतह जनयुद्ध तथा जनआन्दोलन गरेको बलिदानको परिणाम स्वरुप प्राप्त उपलब्धीहरुका कारण अहिले देशमा संघीयता र समानुपातिक समावेशिता, सहितको नयाँ संविधान निमार्ण भएको छ ।

७३ औं प्रजातन्त्र दिवसले देशको राजनितिक स्थिरता, लोकतन्त्रको सुदृढिकरण संविधानको कार्यान्वयन र जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् । १०४ वर्षे जहाँनिया राणा शासन कालमा गरिब निमुखा जनताहरुमाथि शासन गरी जनतालाई शोषण गर्ने काम भएको थियो । जातिय, लैङ्गिक रुपमा पनि चरम शोषण गरिएको अवस्था थियो । जसको अन्याय र अत्याचरले सीमा नाघे पछि नेपाली जनताले राणा शासन विरुद्ध आवाज उठाउन वाध्य भएका थिए । हजारौ नेपाली आमाका सन्तानहरुको बलिदान पछि २००७ साल फागुन ७ गते राणाहरुले नेपाली जनताको सामु घँुडा टेक्न बाध्य भएका थिए र फलस्वरुप प्रजातन्त्रको स्थापना भएको थियो । तत्कालीन समयमा भारतमा पनि स्वतन्त्रताको लागि आन्दोलन चलिरहेको थियो भने नेपालमा पनि राणाहरुको दमन र अत्याचार सहन नसकि नेपाली जनता प्रजातन्त्रकोे स्थापनाको लागि आन्दोलनमा होमिएका थिए ।

त्यसताका नेपालीहरुलाई प्रजातन्त्र स्थापनका लागि मित्र राष्ट्र भारतका जनताले पनि सहयोग गरेका थिए भने नेपाली जनताले पनि भारतको अंग्रेज शासन हटाउनका लागि प्रत्यक्ष सहयोग गरेका थिए । यसरी प्रजातन्त्र स्थापनामा भारतका जनताको पनि अंहम भुमिका रहेको पाईन्छ । प्रजातन्त्र विना कुनै पनि देशको विकासको कल्पना सम्म गर्न सकिदैन किनभने जहाँ प्रजातन्त्र हुँदैन त्यहाँ निरकुंशता रहेको हुन्छ र त्यहाँ जनता भन्दा माथि शासक रहेको हुन्छ । शासकले आफुले शासन गर्न जनताहरुलाई दमन, अत्याचार, जातियता र लैङ्गिक विभेद गर्नको साथै शिक्षा बाट पनि बञ्चित गरीन्छ । शासकले जनतालाई आफ्ना दासको रुपमा लिन्छ । जनता बाँठा भए आन्दोलन गर्न सक्छन भन्ने मनशायले जनतालाई शिक्षा र सञ्चार बाट दुर राख्ने गर्दछन् । यसरी दमन र अत्याचार धेरै भई सकेपछि जनताको सामु मर्ने वा लडने विकल्प मध्ये एक रहन्छ जसले गर्दा एक दिन त मर्नु नै छ किन आफ्नो हक अधिकारको लागि नलडने भनि जनता अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउने गर्दछन् । यसरी आफ्नो हक अधिकारको लागि आन्दोलन गरी नेपाली जनताले २००७ साल फाल्गुन ७ गते १०४ वर्षको जहाँनिया राणा शासनको अन्त्य गरी प्रजान्तत्र स्थापना भएको थियो । जसलाई आज प्रजातन्त्र दिवसको रुपमा भव्यता साथ मनाइन्छ । यो उपलब्धि नेपालीहरुको बलिदान बाट सम्भव भएको थियो ।

यसरी नेपाली जनताले पटक पटक रगत बगाएर ल्याएको प्रजातन्त्र अहिले आएर सिमित व्यक्तिको पोल्टामा रहेको छ । नेपाली जनताले केही हद सम्म राहत पाए पनि यी साना राजाहरु बाट झन दुःख पाएका छन् । अझै पनि एक प्रकारको कथित धनी वर्ग र आफुलाई उच्च तहका नेता बताउनेहरुको बाट सोझा साझाँ जनताहरुलाई विभिन्न शोषण गरी
रहेका छन अझै पनि जातिय छुवाछुत उस्तै छ, अझै पनि लैङ्गिक विभेदको अन्त्य हुन सकेको छैन । पहाडको दुर्गम भेगमा अझै पनि चेलिबेटी छाउपडीको नाममा मृत्यु अगालि रहेका छन । धनी बर्गबाट गरीबलाई गरिने व्यवहार परिर्वतन भएको छैन । अझैं पनि ठुलालाई चैन सानालाई ऐन भनेझैं ठुला नेताहरुलाई जेलनेल मामाको घर जस्तो भएको छ । उनीहरुले हत्या हिंसा जे गरे पनि कानुन लाग्दैन तर सोझा साझा जनता अझै पनि झुटा मुद्दा लगाई फसाएको पाइन्छ । यसरी प्रजातन्त्र स्थापना भएको ७३ वर्ष पुग्दा पनि गरिब असहायले त्यसको अनुभव समेत गर्न पाएका छैनन् । त्यसैले प्रजातन्त्र हामी सबैको हो भन्ने बनाउन नेताहरुले ठोस कानुनको निर्माण गरी सबैको लागि समान व्यहार, शिक्षा, स्वास्थ्य, उद्योग, रोजगारीको व्यवस्था गर्नु सक्नु पर्छ र युवाहरुलाई आफ्नो देशमा देश विकासको लागि हातेमालो गरी शिप विकास र रोजगारीको ग्यारेन्टी गर्न सक्नु पर्छ अन्यथा गरीब शोषित वर्गको लागि प्रजातन्त्रको कुनै महत्व रहने छैन ।


ताजा समाचार

spot_img