कञ्चनपुर : आज फागुन ७ गते प्रजातन्त्र दिवस हो । आजकै दिन जहाँनिया राणा शासन अन्त्य भई ००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिन हो । १०४ बर्षे जहाँनिया एकतन्त्रिक शासन अन्त्य भएर प्रजातन्त्र उदय भएको दिनको स्मृतिमा हरेक फागुन ७मा प्रजातन्त्र दिवस मनाईदै आएको छ । प्रजातन्त्र दिवसको अवसरमा विवित कार्यक्रम गरेर देशभरी मनाईदैछ ।
कञ्चनपुरमा तीन दिन प्रजातन्त्र दिवस मनाईने भएको छ । ७३औँ प्रजातन्त्र दिवस मनाईने भएको हो । प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालको अध्यक्षतामा बसेका बैठकले जिल्लामा भव्य रुपमा प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । तीन दिन फागुन ७, ८ र ९गते विवित कार्यक्रम गरी दिवस मनाईने भएको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले आइतबारदेखि मंगलबारसम्म तीन दिन विवित कार्यक्रम गरेर दिवस मनाउने बताए । प्रजि अर्यालका अनुसार जिल्ला स्थित सरकारी गैर सरकारी कार्यालय राष्ट्रिय झण्डा फहराउनेदेखि दिप प्रज्वलनसम्मका कार्यक्रम गरी दिवस मनाईने छ ।
सरसफाई, बृक्षारोपण, दिपावली, सहिद दशरथ चोकमा माल्र्यापण, सम्वाद निबन्ध प्रतियोगिता, विवित साहित्यिक कार्यक्रम गरेर दिवस मनाईने छ । प्रजातन्त्रको जगमै टिकेर पञ्चायति शासन, ०४६ सालको जनआन्दोलन पछि बहुदल पुर्नस्थापना, त्यसपछि तत्तकालिन माओवादीले ०५२ देखि थालेको जनयुद्धपछि मुलुकमा ०६२÷०६३ जनआन्दोलनसंगै ०७२ मा नयाँ संविधान निर्माण भएसंगै नेपालका थुप्रै राजनीतिक घटनाक्रमले परिर्वतन ल्याएको छ । तर,अझैपनि ग्रामिण दुरदराजका विपन्न जनताले लोकतन्त्र, गणतन्त्रको महसुस गर्न पाएका छैनन । व्यवहारिक रुपमै दिवसलाई सार्थक बनाउनुपर्नेमा जोडदिईएको छ ।







