महालक्ष्मी लाईफ ईन्स्योरेन्सको महिला सशक्तिकरण कार्यक्रम


कञ्चनपुर : महाकालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीले महिला सशक्तिकरण कार्यक्रम गरेको छ । महाकाली लाईफ भन्ने विषय अघि सारेर महिला सशक्तिकरण कार्यक्रम गरेको हो । महाकाली लाईफ ईन्स्सोरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले जिवन बिमा महत्वबारे महिलामा सशक्तिकरण कार्यक्रम गरिएको बताए । नगर प्रमुख रण बहादुर महराले जिवन बिना मार्फत महिला सशक्तिकरणमा जोडदिए ।मन्तव्य राख्दै शाखा प्रमुख हरिश प्रसाद अवस्थी ले महिलाले आत्मनिर्भर भएमा मात्र समाजमा लैङ्गिक हिंसा को र समानताको कुरा सम्भव भएको र महालक्ष्मी लाइफ इन्स्योरेनसले ूमहिला शसक्तिकरण मा महालक्ष्मी लाईफू कार्यक्रम ले महिला लाई आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्याउने जानकारी दिनुभो।महिलालाई सो कार्यकर्म मा सहभागी हुन ,रोजगारी र समृद्धि को बाटोमा सबैलाई स्वागत छ भन्दै त्यसको लागि सम्भव सहयोग गर्न शाखा तयार रहेको बताउनुभो।
कार्यक्रम प्रती प्रकाश पार्दै बजार व्यवस्थापन प्रमुख प्रशान्त राज धमला ले ूमहिला सशात्तिकरण महालक्ष्मी लाइफ ूयो कार्यक्रम बाट एसएलसी पास जुनसुकै महिलाले पनि लाभ लिन सक्ने महिलालाई रोजगारी समृद्धि को लागि सुवर्ण अवसर भएको प्रकाश पारे । तपाईं सोच मात्र लिएर कम्पनी सम्म आउनु त्यसलाई पूरा गर्न हामी तयार छु भन्दै यस्तो अवसर जीवन मा एकै चोटी आउने त्यसको लागि बढी भन्दा बढी लाभ उठाउन महिलाहरु लाई सोही कार्यकर्म मार्फत आव्हान गर्नुभो। कार्यक्रमको अन्तिममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाटा नगरपालिका प्रमुख रण बहादुर महराले यस्तो राम्रो कार्यक्रम आफ्नो नगरपालिका मा आयोजना भएकोमा धन्यबाद दिर्ए ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले महिला शसत्तिकरणको लागी महिलाको रोजगारी र समृद्धि को लागि चलेको कदम प्रती खुसी वेक्त गर्दै उपस्थित महिलालाई उत्साह का साथ कार्यकर्म मा सहभागी हुन, बेरोजगार सबै महिलालाई जानकारी गर्न र नगरपालिकाले सो कार्यक्रमको लागि सम्भव सबै प्रयास गर्ने प्रतिब्धता वेक्त गर्नुभो। अन्तिममा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लाई नेपालको सर्वश्रेष्ठ कम्पनी बन्न सकेको बताए ।


ताजा समाचार

spot_img