कञ्चनपुर: स्थानीय सरकार(पालिका)मा हुने आर्थिक बेथिति रोक्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिका लक्षित कार्यक्रम ंसंचालन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्लाका पालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरीय छलफल कार्यक्रम संचालन गरेको हो ।
सोमबार अख्तियारले जिल्लाको शुक्लाफाँटा नगरमा अन्तरकृया कार्यक्रम गरेको छ ।
स्थानीय सरकारले चरम आर्थिक अनियमितता, बेथिति भ्रष्टाचारमा लिप्त हुन थालेपछि समयमै समेत गराउने उदेश्यले पालिका स्तरमा छलफल अन्तरकृया कार्यक्रम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यक्रममा अख्तियारका कर्मचारी, शुक्लाफाँटा नगरका जनप्रतिनिधी एव कर्मचारीले भ्रष्टाचार निर्मूल पार्नुपर्नेमा जोडदिएका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख राम बहादुर गुरुङ्गले सुशासनको बाधक भ्रष्टाचार भएको र नागरिक, राज्यविच भ्रष्टाचारले दुरी बताएको बताए । उनले स्थानीय तहले सुशासनलाई प्राथमिकतामा राखेर कामकाज सम्पादनमा जोडदिए । शुक्लाफाँटा नगरका प्रमुख रण बहादुर महराले सुशासनका लागि नगरपालिका तयार रहेको बताउँदै, सुशासनका लागि अख्तियारको खबरदारी भएको बताए । कार्यक्रममा भ्रष्टाचार रोकथाम सम्बन्धी अख्तियार कार्यालय कञ्चनपुरका सुचना अधिकारी नारायण प्रशाद ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । चालु आर्थिक बर्ष २०७९÷०८०मा अख्यितारले पालिका स्तरमा भ्रष्टाचार भन्दा अवागै कार्यक्रम संचालन गर्नथालेपछि यस बर्ष स्थानीय तहमा हुने उच्च भ्रष्टाचारको दर घट्ने अपेक्षा गरिएको छ ।







