कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा भारतबाट नेपाल भित्र्याउदै गरेको झण्डै २ लाख बराबरको अबैध कपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी कञ्चनभोजले बरामद गरेको छ् । सोमवार बिहान दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजको नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बिओपी कञ्चनभोजको टोलीले रु. २ लाख बराबरको अबैध कपडा बरामद गरेको सशस्त्र प्रहरी वल नेपाल बिओपी कञ्चनभोजका प्रहरी निरिक्षक केशव गोयलाले जानकारी दिनुभएको छ् ।

सशस्त्र प्रहरीको टोली देख्ना साथ तस्करहरुले मोटरसाईकल छाडेर फरार थिए । सशस्त्र प्रहरीले कपडा सहित एक थान भारतिय नम्वर प्लेटको मोटरसाईकलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गड्डाचौकी पठाएको बताईएको छ् ।











