पैसा उठाउन पठाउने हाकिमलाई कार्बाही गछु ः गृहमन्त्री लामिछाने



कञ्चनपुर : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका हाकिमले निम्नस्तरका प्रहरीलाई पैसा उठाउन पठाउने कार्बाही गरिने बताएका छन । शुक्रबार प्रहरी प्रधान कार्यालयको अवलोकन निरीक्षण कार्यक्रमको सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रहरीका हाकिमले निम्नस्तरका प्रहरीलाई पैशा उठाउन पठाए कार्बाही गरिने बताएका हुन ।

गृहमन्त्री लामिछानेले विगतमा प्रहरीका हाकिमले तस्कर, गैर कानुनी काम गर्ने व्यवसायीबाट हप्ता महिनावारी उठाउन अवैध पैशा कमाउने काम बिरुद्ध निर्मम हुने बताए । ‘‘पैशा उठान जाने निम्नस्तरको प्रहरी कर्मचारीलाई होईन, पैशा उठाउन पठाउने हाकिम माथि कार्बाही गर्नुहोला ।’ गृहमन्त्री लामिछानले नागरिक गुनासो थुप्रै रहेको बताउँदै भनसुन बिना प्रहरीमा कामै हुदैन यो अवस्थाको अन्त्य गरि सर्वसाधारण सहज पहुँच गराउने बताए ।

‘सुन्य भ्रष्टाचार दण्डहिनता अन्त्य गर्छु, ‘गृहमन्त्री लामिछानेले भने, ‘राजनीतिक दलको नामबाट हुने अपराध रोक्नुपर्छ ।’ भन्सार छली चोरी तस्करी विषेश कार्ययोजना, सरुवा, बढुवा मापदण्ड अनुरुप नेताको घर धाउनुपर्ने अन्त्य गरिने बताए ।


ताजा समाचार

spot_img