कञ्चनपुर : प्रतिनिधी सभा सदस्य तारालामा तामाङ्गले गृहमन्त्री रवि लामिछानेलाई कञ्चनपुरको सीमा समस्या र लुटपाट बारे जानकारी गराएका छन । शनिबार संसद तामाङ्गले गृहमन्त्री लामिछानेलाई कञ्चनपुरको समग्र सीमा समस्या एव हालै भारतीय लुटेरा समुहले लुटपाट मच्चाईरहेको बारे जानकारी गराएका हुन ।

निर्वाचन क्षेत्र १ कञ्चनपुरबाट नव निर्वाचित प्रतिनिधी सभा सदस्य तामाङ्गले एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमै समग्र सीमा समस्या र लुटेरा समुहले आतङ्क मच्चाईरहेको बारे अवगत गराउँदै नियन्त्रण सीमा व्यवस्थापनका लागि जानकारी गराएका छन । बेलौरीको सीमा क्षेत्रमा श्रृखलाबद्ध रुपमा भारतीय लुटेरा समुहबाट नेपाली नागरिकका घरमा लुटपाट जस्ता गतिबिधीले आक्र्रान्त बनाईरहेका बेला संसद तामाङ्गले गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका हुन ।







